रमेश खत्री जेष्ठ २२ दार्चुला । दार्चुला लगायत विश्वभरी नै आज विश्व वातावरण दिवस मनाइएको छ । ‘स्वच्छ वायु स्वास्थ जीवन’ भन्ने नारा सहित दार्चुला लगायत देशभर विश्व वातावरण दिवस मनाइएको छ ।
वातावरण संग सम्बन्धीत विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दार्चुला लगायत देशैभर विश्व वातावरण दिवस मनाइएको हो । यसैैबीच डिभिजन वन कार्यालय दार्चुलाले पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ ।
डिभिजन वन कार्यालय दार्चुलाले दिवसका अवसरमा आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा जिल्ला सदरमुकाम खलंगास्थित ४ ओटा विद्यालयहरुको सहभागिता रहेको थियो । उक्त हाजिरी जवाफ प्रतियोगितामा मालिकार्जुन नमुना मावि धाप प्रथम भएको छ ।
यस्तै प्रतियोगितामा महेन्द्र नमुना मावि खलंगा द्धित्तिय, छन्ना तिंकरी कन्या मावि खलंगा तृत्तीय भएका छन् । दार्चुला पब्लिक बोर्डिङ स्कुलले सान्तवना स्थान हात पारेको छ । प्रतियोगितामा प्रथम, द्धित्तिय, तृत्तीयलाई क्रमशः ३ हजार, २ हजार तथा १ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । सान्तवना स्थान हात पारेको विद्यालयलाई ५ सय नगद तथा प्रमाण पत्र प्रदान गरिएको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ ।