सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धी प्रशिक्षण कार्यक्रम 

५ बर्ष अघि

२0७६ जेष्ठ १७ शुक्रबार

सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धी प्रशिक्षण कार्यक्रम 

दृष्टिकोण समाचार, १७ जेठ दार्चुला । कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाको आयोजनामा तीन दिने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबारबाट दार्चुला सदरमुकाम खलंगामा सुरु भएको छ । स्थानीय तहहरुका लेखा शाखा र सूचना प्रविधिशाखाका प्रमुखहरुलाई सञ्चित कोष व्यवस्थापन सम्बन्धि तालिम दिन लागिएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । तालिम जेठ १९ गतेसम्म सञ्चालन हुनेछ ।