व्याँस क्षेत्र सञ्चार सुविधामा जोडिदै

५ बर्ष अघि

२0७६ जेष्ठ १७ शुक्रबार

व्याँस क्षेत्र सञ्चार सुविधामा जोडिदै

दृष्टिकोण समाचार, १७ जेठ दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरुमा रहेको नेपाल टेलीकमको सिडिएमए टेलिफोन टावर मर्मतकार्य भईरहेको छ । नेपाल टेलीकम दार्चुला शाखाबाट कार्यालय प्रमुख कृष्णबहादुर गुरुङ र प्राविधिक मोहनसिह सामन्तको टोली शुक्रबार विहान मर्मतको समाग्री सहित छाङरु पुगेका हुन् ।
छाङरुमा रहेको नेपाल टेलीकमको टावरमा हिमपातका कारण क्षती भई महिनौ देखि त्यस क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको थियो । शुक्रबार सुरक्षा निकायको टोलीसँगै नेपाली सेनाको हेलिकप्टरबाट नेपाल टेलिकमको टोली पनि व्याँस पुगेको नेपाल टेलीकम दार्चुलाले जनाएको छ । सम्भवतः शुक्रबार बाटै सञ्चार सेवा सुचारु हुनेगरी काम गरिने नेपाल टेलीकम दार्चुला शाखाले जनाएको छ ।