तिङ्करमा पनि सुरक्षा उपस्थितिः सुरक्षा प्रमुखको पनि अनुगमन

५ बर्ष अघि

२0७६ जेष्ठ १७ शुक्रबार

तिङ्करमा पनि सुरक्षा उपस्थितिः सुरक्षा प्रमुखको पनि अनुगमन

दृृष्टिकोण समाचार, जेठ १७ दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रको सुरक्षार्थ व्याँस गाउँपालिका वडा नम्बर १ तिङ्करमा सुरक्षा उपस्थिति भएको छ । शुक्रबार नेपाली सेनाको हेलीकोप्टरबाट १४ जना नेपाल प्रहरी संञ्चार र हतियार सहित तिङ्कर पुगेको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिनुभयो  । जेठ १३ गते दुम्लिङ प्रहरी चौकीबाट पाँच जना प्रहरीको टोली सितापुल पोष्टमा खटिएका छन् । दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट व्याँस सम्म जान नेपाली भू—भागमा बाटोघाँटो नभएकाले हेलिकप्टरबाट प्रहरीलाई व्याँसमा पु¥याईएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।
हातहतियार र सञ्चार सहित प्रहरीलाई तिङ्करमा पुगाएको र बाँकी खाद्यान्न तथा अन्य बन्दोबस्तीको सामानहरु छिमेकी राष्ट्र भारतीय बाटो भएर पनि व्याँससम्म पुगाइने जिल्ला प्रहरी प्रमुख डिएसपी शाहीले जानकारी दिनुभयो ।
जिल्लाको उत्तरपश्चिमी क्षेत्रमा रहेको त्रिदेशीय सीमा क्षेत्रको सुरक्षा स्थितिबारे जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गर्नु भएको छ । नेपाली सेनाको हेलीकप्टरबाट शुक्रबार विहान प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, नेपाली सेनाका निमित्त गुल्मपती खडकधोज कार्की, नेपाल प्रहरीका डिएसी दिपेन्द्र शाही, शसस्त्र प्रहरी ५० नम्बर गुल्म दार्चुलाका गुल्मपती भिम चन्द र राष्ट्रिय अनुसन्धान अधिकृत हिरण्य कुवरको टोलीले सीमा क्षेत्रको अनुगमन गर्नु भएको हो ।