महाकाली संवाद कार्यक्रम सम्पन्न ।।

५ बर्ष अघि

२0७६ जेष्ठ १६ बिहीबार

महाकाली संवाद कार्यक्रम सम्पन्न ।।

रमेश खत्री जेष्ठ १६ दार्चुला । दार्चुलामा महाकाली संवाद छलफल कार्यक्रम सम्पन्नको छ । इन्डो–नेपाल जोइन्ट एक्सन फोरम (इन्जाफ) को आयोजनामा तथा स्वीडेन स्भेरिज, ट्रोसा, अक्सफाम तथा इन्जाफको संयुक्त सयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । महाकाली नदी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको अवस्था, विपद्को अवस्था लगायतका बारेमा जानकारी लिने उद्देश्यले इन्डो नेपाल जोइन्ट एक्सन फोरमले सवांद छलफल कार्यक्रम गरेको हो । नेपाल भारत सीमा नदी महाकाली तटीय क्षेत्रमा अवस्थित समुदायका नागरिकहरुले कतिपय जोखिम तथा समस्याहरु झेल्नु पर्ने भएकाले ती समस्याहरु संकलन तथा अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले दार्चुलामा पनि कार्यक्रमको आयोजना गरिएको इन्जाफका अध्यक्ष अशोक विक्रम जयरुले जानकारी दिनुभयो । महाकाली नदीले नदी किनारमा बसोबास गर्ने नागरिकहरुमा थुप्रै समस्याहरु उत्पन्न समेत हुने भएकाले ती समस्याहरु समाधानका लागि इन्जाफले काम गर्दै आएको अध्यक्ष जयरुले बताउनु भयो । कार्यक्रममा इन्जाफका राष्ट्रिय संयोजक कमल निरञ्जन भाँट, इन्जाफ अध्यक्ष अशोक विक्रम जयरु तथा एन्जाफ भारतीय प्रतिनिधि तेज भण्डारीको टोलीले संवाद कार्यक्रम सञ्चालन गरेका हुन् । यस्तै कार्यक्रममा संकल्प दार्चुलाका कार्यकारी निर्देशक नारायण जोशी, ट्रोस कार्यक्रम लागु भएका वस्तीमा कार्यरत सामाजिक परिचालकहरु, ती वस्तीका महिलाहरु तथा पत्रकारहरुको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।