प्रकाश चन्द्र मिश्र,लेखक समाजिक कार्यकर्ता हुन
हाल देशमा विद्यमान गरीवी तथा कुपोषणको समस्या लाई हल गरि दुर्गम तथा ग्रामिण क्षेत्रमा वसोवास गर्ने समुदाय लाई खाद्य तथा पोषण सुरक्षाको प्रत्याभुति दिन नेपाल सरकारले खाद्यसुरक्षा लाई प्राथकितामा राखेको छ ।स्थानियस्तरमा उचित खाद्यप्रशोधन विधि द्धारा विविध परिकारहरुको विकास गरि जनताको खानेवानिमा सुधार गर्दै उत्पादनोपरान्त क्षति लाई उचित प्रविधिहरुको माध्यम वाट कम गर्न सके ग्रामिण खाद्य तथा पोषण सुररक्षाको दिगो पत्याभुति दिनुका साथै समग्र आर्थिक विकास तथा गरीवी निवारण गर्न समेतको योगदान पुग्ने देखिन्छ । नेपालको हिमालि र उच्च पहाडी क्षेत्रहरुमा कृषि जन्य वसतुहरुको उत्पादन यथेष्ट मात्रामा हुन सकेको छैन । उक्त क्षेत्रमा उत्पादित खाद्यवस्तुहरुले त्यहाँको जनसंख्या लाई प्रर्याप्त नहुने हुदा महगों ढुवानी भाडा तिरेर चामल तथा अन्यतयारी खाद्य वस्तुहरु आपुर्ति गर्नु पर्ने भएको छ । नेपालको हिमालि तथा उच्च पहाडी क्षेत्रका वासिन्दाहरुमा भात नै खाना हो र भात खानु लाई पारीवारिक समृद्धिको ध्योतकको रुपमा लिने गरेको पाईएको छ ।जस्ले गर्दा हाम्रो उच्च हिमालि तथा पहाडी क्षेत्रमा पारीवारीक आम्दानिको अधिकाशं भाग खाद्यान्न आपुर्ति मै खर्च भएको तथ्य एक अध्ययन ले देखाएको छ, जस्ले गर्दा उच्च हिमालि तथा पहाडी क्षेत्रमा पारीवारि आर्थिक समृद्धि भित्र्याउन कठिन भएको छ । यस क्षेत्रमा पाईने परम्परागत तथा आजभोलि अल्प प्रचलनमा रहेका परम्परागत रैथाने कृषि वालिहरु
जस्तै,कोदो,फापर,चिनु,कागुनो,मडुवा,मादुरो,नपल,उवा,चुवा,पिडालु,तरुल,सखरखण्ड,तेगुना,आलु तथा विभिन्न प्रकारका घरायसि तथा जंगलि तरकारी वालिहरु विभिन्न प्रकारका राज्मा तथा गेडागुडी दाल वालिहरु,विभिन्न मौसममा फल्ने जंगलि फलफुलहरु परिस्कृत उपयुक्त खाने तथा खाद्यान्न तयार गर्ने प्रविधिको अभाव र तिनमा पाईने पोषक तत्वहरुको पौष्टिकताको वारेमा ज्ञान नहुदाको ति वालिहरु लोप हुनुका साथै त्यो क्षेत्रका वासिन्दाहरुले समय समयमा खाद्यन्नको अभाव र पौष्टिकता वाट वन्चित हुनु परेको यथार्थता हाम्रा सामु प्रष्ट छ । यो समस्या लाई हल गर्न स्थानियस्तरमा उपलव्ध हुने कृषि तथा वनमा आधारित खाद्य वस्तुहरुलाई उचित प्रशोधन प्रविधिको प्रयोग गरि मानिसको चाहना अनुशार परिकार वनाई खानेवानीको विकास गरि महंगो ढुवानी भाडा वाट आयात गरिने खाद्य वस्तुहरुको प्रतिस्थापन गरी उक्त क्षेत्रका वासिन्दाहरुको खाद्य तथा पोषण सुरक्षा को स्थिति लाई सुधार गर्नको साथै परिवारको आर्थिक अवस्था लाइ वलियो वनाउन सकिन्छ । नेपालमा खेती गरिने विभिन्न बालीका धेरै जातहरू किसानका खेतबारीबाट लोप हुँदै गइरहेका छन् । कतिपय बालीहरूका स्थानीय जातहरूलाई उन्नत जातहरूले विस्थापित गरेका छन् भने कतिपय बालीहरूका हकमा तीनको महत्व नबुझेर पनि ओझेलमा परेका पाइन्छन् । पहाडी र हिमाली क्षेत्रका बासिन्दाहरूको खाद्यसुरक्षाका दृष्टिकोणले बढी महत्वपूर्ण मानिएका परम्परागत रैथाने वालिहरु, यस्ता बालीहरू हुन जसको महत्वबारे उपभोक्ताहरू सचेत नभएकै कारण लोपोन्मुख अवस्थामा पुगेका छन् । यसो हुनुमा यी बालीहरूलाई घरायसी एवं बजारका लागि उपयुक्त परिकारहरू बनाउने प्रविधिबारे ज्ञानको अभाव हो । त्यसैले, यिनको महत्वबारे उपभोक्तालाई सचेत गराउनु यी बालीहरूको संरक्षण तथा प्रवर्धनको गर्नु सवै सरोकारवालाहरुको दायित्व हुनेछ । जिल्ला कृषि विकास कार्यालय लगायत अन्य कृषिका तथा पोषणका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरूमार्फत स्थानीय कृषिजन्य वस्तुहरूको उत्पादन र बजार प्रवद्र्धनमार्फत महत्वपूर्ण र लोपोन्मुख बालीहरूको संरक्षणमा विभिन्न प्रयासहरू गर्नु जरुरी देखिएको छ । कोदो,चिनु,वाजरा,कागुनो,चुवा,नपल ,फापर तथा अन्य वालि बाट विविध आधुनिक परिकारहरू उत्पादनको सम्भावना देखिएकाले, यस्ता परिकारहरू बनाउने प्रविधि सरल र सुलभ ढङ्गले धेरै भन्दा धेरै समुदाय समक्ष पु¥याउने कार्यक्रम तथा तालिमहरु संचालन गर्नु अपरिहार्य देखिएको छ । तसर्थ, कोदो,फापर लगायतका अन्य वालिका विभिन्न परिकारहरू बनाउने विधिहरू तालिमका माध्यम वाट समुदाय लाई आस्वस्त पार्नु आजको आवश्यकत रहेको छ । यसले परम्परागत रूपमा उपभोग गर्दैआइएका कोदो,फापर लगायत अन्य वालिका परिकारहरूमा विविधीकरण गर्नुका साथै उपभोक्ताहरूमाझ लोकप्रियता बढाउन अझै सहयोग पुग्नेछ । त्यसै गरी, लोपोन्मुख अवस्थामा पुगेका यी बालीहरूको संरक्षणमा पनि यस्ता कार्यक्रमले ठूलो योगदान पु¥याउनेछन ।
कोदो र फापर, पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाहरूको खाद्यसुरक्षाका लागि धान, मक,जौं,विभिन्न दाल वालिका गेडागुडीहरु र गहुँ पछिका महत्वपूर्ण बालीहरू हुन् । यी बालीहरूबाट बनेका परिकारहरू पौष्टिक हुने भएकाले स्वास्थ्यका दृष्टिकोणले पनि निकै महत्वपूर्ण छन् । कोदोमा फलाम तत्वको मात्रा अत्यधिक रहेकाले महिलाहरूमा देखिने रक्तअल्पतालाई घटाउँछ भने यसमा भएको क्याल्सियमले हाड र दाँतको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । कोदोमा प्रसस्त पाइने रेसाजन्य पदार्थ ले पेट सफा गर्ने हुँदा आन्द्रामा क्यान्सर हुनबाट बचाउँछ । यी बाहेक कोदाबाट बन्ने विभिन्न परिकारहरू औषधीय गुणले पनि युक्त हुन्छन् र यिनको सेवन गर्नाले स्वास्थ्यका लागि फाइदाजनक हुन्छ, जस्तैः रुघाखोकी लागेको बेलामा खोले अति उत्तम हुन्छ भने मधुमेहका रोगीहरूका लगि पनि कोदाका परिकारहरू उपयुक्त मानिएका छन्। यसै गरी, लोपोन्मुख अवस्थामा पुगेको फापरको पनि खाद्य तथा पोषणमा कोदोको भन्दा कम महत्व छैन । फापर वनस्पतिजगत्मा पाइने सबैभन्दा उच्च गुणस्तरको र सजिलै पचाउन सकिने प्रोटिनको मुख्य स्रोत हो। दैनिक १०० ग्राम फापर खाएमा एकजना वयस्कलाई दैनिक आवश्यक पर्ने भिटामिन बी को ४० प्रतिशत प्राप्त हुन्छ । कोदोमा जस्तै यसमा पनि अन्य अन्नबालीमा भन्दा फलाम तत्वको मात्रा बढी पाइन्छ । फापरका परिकारहरूको सेवनले उच्च रक्तचाप हुनबाट समेत जोगाउँछ । यति धेरै महत्व हुँदाहुँदै पनि कोदो तथा फापरको उपभोगमा आएको कमीले गर्दा यी बालीहरूको खेती गरिने क्षेत्रफल र प्रजातिहरूमा ह्रास हुँदैआएकोछ । यी बालीहरूका धेरैजसो जातहरू त लोप भइसकेका छन् भने अन्य धेरै लोप हुने क्रममा छन्। कोदोका बाला झुलेका बारीहरू त अझै कहीं–कहीं देख्न पाइन्छ तर फापर फुलेको हेर्न अब धाएरै जानुपर्ने स्थिति आइसकेकोछ । यही क्रममा खेती घट्दैजाने होभने केही वर्षमै कोदो तथा फापरको बीउ पनि मासिएर जानेछ । वैकल्पिक खाद्यपदार्थको उपलब्धताले कोदो र फापरका परिकारहरू क्रमशः विस्थापित हुँदै गएकाले, विगतमा आफैंले उत्पादन गरी बा¥है महिना कोदोको ढिंडोमा गुजारा गर्ने किसानहरूको भान्छामा समेत आजभोलि कोदाको ढिंडा ेर रोटी पाक्न छोडिसकेको छ । यसरी यी बालीहरूको खेती कम भई एकाएक लोप भएर जानुमा खास गरी नेपाली समाजमा विद्यमान सङ्कीर्ण सोचाइ नै मुख्य कारक तत्व हो । यी बालीहरूलाई गरीबका मात्र खाद्यान्न हुन् भन्ने धारणा व्याप्त रह्यो र अझै पनि यस्तो सोचाइबाट हामी मुक्त हुन सकेका छैनौं । अतः गरीब कृषकहरूले उब्जाउने यी बालीहरूको खाद्यसुरक्षा र पोषणसम्बन्धी महत्व थाहा नहुनु एउटा मुख्य कारण हो भने घरायसी एवं बजारीकरणका लागि उपयुक्त परिकारहरूको विविधीकरण नहुनु पनि अर्को कारण हो । परम्परागत रूपमा प्रयोग हुँदै आएका ढिंडो र रोटीजस्ता परिकारहरू हेर्दामा पनि त्यति आकर्षक नहुनाले यी परिकारहरूप्रति आम उपभोक्ताको चासो घट्न गई अन्य बालीहरूका तुलनामा यी बालीहरू ओझेलमा परेका छन् । यसका अतिरिक्त बढ्दो शहरीकरण एवं औद्योगीकरणका कारण बजारमा सजिलै उपलब्ध हुने विभिन्न खाद्यपरिकारहरू प्रति उपभोक्ताको आकर्षण बढ्दै जानु स्वाभाविकै हो । नब्बे प्रतिशत जनता कृषिमै निर्भर रहेको हाम्रो जस्तो देशका मुख्य अन्नबालीहरू नै यसरी ओझलमा पर्नु शोचनीय कुरा हो । मानवीय स्वास्थ्य र पोषणका लागि महत्वपूर्ण मानिने यी बालीहरू यसरी तीव्र रूपमा लोप हुन दिनु हाम्रो लागि दुर्भाग्यपूर्ण हुनेछ । तसर्थ, यस्ता महत्वपूर्ण बालीहरूको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व हो । खास गरी, कृषि क्षेत्रको समग्र विकासमा काम गरिरहेका निकाय एवं संघसंस्थाहरूको यसमा मुख्य जिम्मेवारी हुन्छ । तर, आजको प्रतिस्पर्धात्मक युगमा पुरानै परम्परा तथा प्रविधिमा मात्र भर परेर जीवननिर्वाह गर्न त्यति सजिलो छैन । त्यसैले कृषकहरूलाई संरक्षणकै लागि मात्र यस्ता बालीहरूको खेती गर्नुपर्छ भन्नु त्यति न्यायसङ्गत नहोला । यस्तो अवस्थामा यसरी संरक्षण गर्नुपर्ने बालीहरूको उपयोगितामा समेत वृद्धि गर्नुपर्ने देखिन्छ । यसो गर्नाले कृषकहरूले यी बालीहरूको खेती गरेबापत फाइदा लिन सक्नेछन्। यी बालीहरूका परिकार विविधीकरण र बजारीकरणको प्रयास एउटा महत्वपूर्णकदम हो । यसका लागि विभिन्न सरकारी तथा गैर–सरकारी संस्थाहरू शैक्षिक संस्था, व्यापारी र उद्यमीहरूसँग सहकार्य गर्दै परिकार विविधीकरणसम्बन्धी अध्ययन, अनुसन्धान र यसको प्रचार–प्रसारका निमित्त तालिम, प्रदर्शनीहरू,स्थानिय खाद्यान्न परिकार उत्सव जस्ता विभिन्न कार्यक्रमहरूको आयोजना गर्नु पर्ने देखिन्छ । विभिन्न समयमा हुने खाद्यमेला र महोत्सवमा प्रत्यक्ष एवं परोक्ष रूपमा कोदो,फापर लगायत अन्य वालिहरुका विभिन्न परिकारहरूको प्रदर्शनी एवं प्रवर्धन गर्नु पर्ने देखिन्छ । आजभोलि कोदो,फापर लगायत अन्य रैथाने वालिका परिकारहरूप्रति शहरीया क्षेत्रका उपभोक्ताको आकर्षण बढ्दै गएको कुरो प्रष्ट रूपमा देखिन्छ । यस्ता लोपोन्मुख बालीहरूका खाद्यपरिकारहरूको विविधीकरण गर्नाले जनमानसमा अझ लोकप्रियता बढाउन सकिन्छ भन्ने कुरा विभिन्न तथ्यहरुले प्रष्ट्याएको छ । यस्ता पोषणयुक्त परिकारहरू घरायसी र सामुदायिक प्रयोजनका साथसाथै व्यावसायीकरण गर्न सकेमा कोदो तथा फापरजस्ता अन्य रैथाने अपहेलित बालीहरूको संरक्षणमा योगदान पु¥याउनुका साथसाथै उपभोक्ताको स्वास्थ्यमा समेत सुधार आउनेकुरामा दुईमत छैन साथै यस्ले दुर्गम हिमालि भेगमा पर्यटन व्यवसाय लाई प्रवर्धन गर्न ठुलो सहयोग पुग्ने देख्न्छि । तसर्थ, कोदो,फापर लगायत अन्य रैथाने वालि तथा तरकारीहरुका विभिन्न परिकारहरू बनाउने विधि धेरैभन्दा धेरै उपभोक्तामाझ पु¥याउन सकियो भने यस्ले दिगो खाद्य तथा पोषण सुरक्षामा सहयोग पुग्ने देखिन्छ ।