लामाे समयपछि गाेकुलेश्वर बिमानस्थल सञ्चालन हुने

५ बर्ष अघि

२0७६ जेष्ठ १५ बुधबार

लामाे समयपछि गाेकुलेश्वर बिमानस्थल सञ्चालन हुने

दृष्टिकोण समाचार, १५ जेठ दार्चुला । बन्द भएकाे लामाे समयपछि दार्चुलाको शैल्यशिखर नगरपालिका वडा  नम्बर  ९  गाेकुलेश्वरमा रहेकाे बिमानस्थल सञ्चालनमा आउने भएकाे छ । 

अर्थमन्त्री युवराज खतिवडाले आज सार्वजनिक गरेकाे बजेट भाषणमा गाेकुलेश्वर बिमानस्थल सञ्चालनका लागि बजेट बिनियाेजन गरिएको बताएका छन् ।  

जिल्लाबाट निर्वाचित साँसद गणेशसिह ठगुन्नाकाे निरन्तरकाे प्रयासले आगामी आर्थिक बर्षकाे बजेटमा गाेकुलेश्वर बिमानस्थल निर्माणका लागि बजेट बिनियाेजन गरिएको हाे ।