गणतन्त्र दिवसः दार्चुलामा कसले के भने ! हेर्नुस् पूरा समाचार

५ बर्ष अघि

२0७६ जेष्ठ १५ बुधबार

गणतन्त्र दिवसः दार्चुलामा कसले के भने ! हेर्नुस् पूरा समाचार

दृष्टिकोण समाचार, १५ जेठ दार्चुला । आज भन्दा ११ बर्ष पहिले जनताले आफ्नो सार्वभौमसत्ताका लागि लामो संघर्ष गरेर २०६५ सालमा आजकै दिन गणतन्त्रको घोषणा गरिएको थियो । विभिन्न परिवर्तनका पछाडी जनताको लामो बलिदानी रहेको छ । शहिदहरुले यो देशको परिवर्तनका लागि ज्यानको बाँजी लगाएका छन् । तरपनि गणतन्त्रको स्वाद जनताले अझै चाख्न पाएका छैनन् ।
आज मुलकभर १२ औँ गणतन्त्र दिवस मनाइएको छ । दार्चुलामा पनि मुल समारोह समितिको आयोजनामा औपचारिक कार्यक्रमको आयोजना गरि खुल्लामञ्चमा दिवस मनाइएको छ । तर दिवसमा केही खल्लोपन महसुश गरिएको छ । आयोजकका केही त्रुटीका कारण दिवसले सोचेअनुरुप सबैको चित्त बुझाउन सकेन । सबैको चित्त बुझाउन त सकिदैन पनि तर सामान्यतया सबै व्यवस्थापकिय पाटो पूरा गर्नु आयोजकको कर्तव्य हुन जान्छ । 
विहान खलंगा बजारमा प्रभात फेरी आयोजना गरिएको छ । प्रभातफेरी पछि खुल्ला मञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । औपचारिक कार्यक्रममा महिलाअधिकारकर्मी तथा अन्तरपार्टी महिला सञ्जालका पदाधिकारीहरुको आसनग्रहण नभएको प्रति खुल्ला बहस नै भयो । 
कार्यक्रममा बोल्ने विद्यार्थीले शहिदका फोटोहरु समेत कार्यक्रम आयोजना स्थलमा नराख्नुले कार्यक्रमको व्यवस्थापन पक्षलाई कमजोरी औल्याएको थियो । विद्यार्थीहरुबीच बक्तृत्वकला प्रतियोगिता आयोजना गर्दा पनि व्यवस्थित नभएको निर्णायकहरुले गुनासो गरे । कार्यक्रममा बोल्दै महिला मानवअधिकारकर्मी हिरादेबी अवस्थीले अहिलेको अवस्थामा आएर समावेसिता नहुनु दुखद भएको बताइन् । गणतन्त्रको मूल मर्म समावेसीतालाई नभुल्न हिरादेबीको सूझाव छ । त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापती ललितसिह ठगुन्नाले अहिलेको शासक बर्गबाटै गणतन्त्र कार्यान्वयनमा समस्या भईरहेको बताए । गणतन्त्रको संस्थागत विकास नहुने खतरा अहिलेको सरकारबाट भइरहेको आरोप लगाए । नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्रीले गणतन्त्र संस्थागत गर्न राजनीति भन्दा पनि राज्य व्यवस्था मजबुत र स्थायी राज्य सही हुनुपर्ने बताए । साथै गणतन्त्रको कार्यान्वयनका लागि एकअर्कालाई दोष लागउनु भन्दा पनि आफुले पहिले सच्चिनु पर्ने बताए । 
त्यस्तै प्रमुख जिल्ला अधिकारी शंकर विष्टले गणतन्त्र स्थापना भई मुलुक संघिय संरचनामा अभ्यस्त भइरहेको बेला सबैले एक आपसमा सहकार्य समन्वय गरेर अगाडी बढेमा मात्रै संघियताले दिन खोजेको मूल उद्देश्य पूरा हुने बताए । महकाली नगरपालिका प्रमुख हंसराज भट्टले मुलुक संघियतामा गएपछि सबै सरकारहरुबीच एक आपसमा सहकार्य हुनु पर्नेमा जोड दिनुभयो । अहिले तीन तहको सरकार रहेको वेला काम गर्न एक अर्काले आपसमा सहकार्य र समन्वय गर्नु पर्ने बताए ।
जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीले राज्यले लिएको सुखी नेपाली समृद्ध नेपाल अभियान सफल पार्न सबै संघिय प्रदेश र स्थानीय सरकारको एक आपसमा सहकार्य हुनु पर्ने बताएका छन् । गणतन्त्रको मूल्य मान्यतालाई संस्थागत गर्नु पर्ने बेला मुलुकमा विभिन्न किसिमका अपराधिक क्रियाकलाप रोक्नु पर्ने, भष्ट्राचारको अन्त्य हुनु पर्नेमा जोड दिनु भएको छ ।