संकल्पद्वारा स्थानीय सरकारकाे ध्यानाकर्षण

५ बर्ष अघि

२0७६ जेष्ठ १४ मंगलवार

संकल्पद्वारा स्थानीय सरकारकाे ध्यानाकर्षण

दृष्टिकोण समाचार,१४ जेठ दार्चुला । सामुदायिक बिकास, खाद्य सुरक्षा र मानवीय सहयोगकाे क्षेत्रमा एक दशकदेखि दार्चुला जिल्लामा क्रियाशील संस्था संकल्प दार्चुलाले खानेपानी र सिचाइकाे माग गर्दै स्थानीय सरकारकाे ध्यानाकर्षण गरेको छ ।

महाकाली नगरपालिका वडा नम्बर ८ र ९ मा गठित महिला शसक्तिकरण समुहहरुले महाकाली नगरपालिकाका उपमेयर सुना बाेहरा र खानेपानी तथा सरसफाइ सवडिभिजन फिल्ड अफिस दार्चुलालाई ध्यानाकर्षण पत्र बुझाएकाे संकल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जाेशीले जानकारी दिनुभयाे । महाकाली नगरपालिका वडा नम्बर ८ काकडामा महाकाली दनीबाट लिफ्टबाट सिचाइ याेजना र खानेपानी याेजनाहरू निर्माण गर्न स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने माग महिलाहरुले राखेका छन् ।