व्याँसको सितापुलमा प्रहरीको उपस्थिति भयो 

५ बर्ष अघि

२0७६ जेष्ठ १४ मंगलवार

व्याँसको सितापुलमा प्रहरीको उपस्थिति भयो 

दृष्टिकोण समाचार, १४ जेठ दार्चुला । दार्चुला जिल्लाको उत्तरपश्चिममा रहेको व्याँस गाउँपालिका वडा नम्बर १ सितापुल भन्सारमा नेपाल प्रहरीले उपस्थिति जनाएको छ । छ महिना व्याँस र छ महिना दुम्लीङमा सर्ने प्रहरी पोष्ट गर्मी सिजन सुरु भएसँगै अस्थायी प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जनाको प्रहरी टोली सोमबारबाट सितापुलमा सरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिनुभयो । 
हिउँदको सिजनमा हिमपात हुने हुँदा व्याँस गाउँपालिका वडा नम्बर १ छाङरु र तिङ्करका स्थानीय व्याँसी सौका समुुदायहरु बस्ती नै खाली गरी जिल्ला सदरमुकाम खलंगामा सर्ने गर्छन भने बैशाख महिनामा व्याँस जाने गरेका छन् । सो क्षेत्रमा प्रहरीलाई समेत बस्न अप्ठेरो हुने हुँदा प्रहरी पनि यसैगरी सर्ने गरेको छ ।