चोरी गर्न पशलमा जाँदा मान्छे भेटे पछि यस्तो अवस्था भयो

५ बर्ष अघि

२0७६ जेष्ठ १२ आईतवार

चोरी गर्न पशलमा जाँदा मान्छे भेटे पछि यस्तो अवस्था भयो

दृष्टिकोण समाचार, १२ जेठ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ काँटैमा रहेको बिरभान सिह महराको पशलमा शनिबार राती १२ बजेतिर अपरिचीत व्यक्तिले बृद्ध महिलालाई कुटपीट गरी हत्या गरेको छ । बीरभान सिह महराकी श्रीमती बर्ष ७० की द्रोपती महराको हत्या गरिएको छ भने बर्ष ७५ को बीरभान महरा र बर्ष १२ को नाती लोकेश महरा घाइते भएका छन् । राती पशलमा चोरी गर्न गएको व्यक्तिले यो घटना गरेको हुन सक्ने घटना स्थलमा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिनुभयो ।
‘मृत द्रोपती महराको कानमा र घाँटीमा गहना रहेको आफन्तले बताएका छन् तर कानमा रहेको बाली छैन्, घाँटीमा पनि कुनै गहना छैन्’ प्रहरी निरिक्षक कठायतले भन्नु भयो । बुढा बिरभान महरा र नाती लोकेश महराको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको छ । बिरभान बोल्न नसक्ने अवस्थामा छन् भने नातीको अवस्था सामान्य रहेको छ ।
घटना स्थलमा प्रहरीले सुरक्षा दिएको छ । घटनाको थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर ल्याएर जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाही दार्चुला आउँदै हुनुहुन्छ ।