जागरण अभियानले सबै नागरिकलाई सचेत गराउछः नेता पौडेल

५ बर्ष अघि

२0७६ जेष्ठ १२ आईतवार

जागरण अभियानले सबै नागरिकलाई सचेत गराउछः नेता पौडेल

दृष्टिकोण समचार जेष्ठ १२ दार्चुला ,नेपाली कांग्रेसले देशव्यापि रुपमा सञ्चालन गरेका जागरण अभियानले सबै नागरिकलाई सचेत बनाउने नेपाली कांग्रेसका नेता राम चन्द्र पौडेलले बताउनु भयो । 
आईतबार प्रेस युनियन जिल्ला कार्यसमिति दार्चुलाको आयोजनामा सञ्चालन भएको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले उक्त कुरामा जोड दिएका हुन । 
अहिलेको दुई तिहाईको सरकारले देशमा भ्रष्टाचार मौलाईरहेकाले प्रतिपक्षको भुमिका निर्वाह गर्दौ देशभरी गाँउ गाँउ र टोलटोलमा नेपाली कांग्रेसले जागरण अभियानबाट सबै नागरिकलाई सचेत बनाउदै गएका उहाँले बताएका हुन । अहिलेको सरकारले दुई तिहाईको दम्ब देखाउदै ठुला ठूला काण्डहरु ढाकछोप गरि देशमा वितन्ड मचाईरहेकाले अब नेपाली कांग्रेसले अगुवा भएर कामगर्ने पनि बताउनु भयो । एक आर्को प्रसंगमा  बोल्दै नेता पौडेलले स्थानीय सरकार, प्रेदेश सरकार र संघिय सरकारले अफ्नौ तरिकाले काम गरिरहदा गाँउमा विकास भन्दा पनि विनास बढि भईरहेकाले अबका दिन यस्को निराकरण गर्न नेपाली कांग्रेसको गाँउ जागरण अभियानले सार्थक्ता पाउने कुरामा विश्वास गर्न आग्रह समेत गरेका छन ।