अहिले दुई किसिमको जागरण आवस्यक छ : रामचन्द्र पाैडेल

५ बर्ष अघि

२0७६ जेष्ठ ११ शनिबार

अहिले दुई किसिमको जागरण आवस्यक छ : रामचन्द्र पाैडेल

दृष्टिकोण समाचार ११ जेठ दार्चुला । नेपाली काँग्रेसका नेता रामचन्द्र पाैडेलले अहिले मुलुकमा दुई किसिमको जागरण आवश्यक रहेको बताएका छन् । 

नेपाली काँग्रेस दार्चुलाले आयाेजना गरेको जिल्ला सम्मेलन तथा जागरण अभियानकाे उद्घाटन समारोहलाई सम्बाेधन गर्दै नेता पाैडेलले आम नेपाली जनता र काँग्रेसजनहरूलाई जागरूक गर्नु परेको बताएका छन् ।

आम नेपाली जनतालाई संघिय लाेकतान्त्रिक गणतन्त्र रक्षा गर्न जागरुक गर्नुपर्ने र काँग्रेसजनलाई सबै क्षेत्रमा बेतिथी बिरुद्ध प्रश्न गर्न सक्ने क्षमताको बिकास गर्न जागरण आवश्यक रहेकाे बताएका हुन् ।

नेपाली काँग्रेसले मात्र गणतन्त्रको रक्षा गर्न सक्ने भन्दै नेता पाैडेलले अहिकाे सरकारले सर्बसत्ताबादकाे बाटोमा हिडिरहेकाे बताउनुभयो । अब नेपाली काँग्रेस सच्चिनु पर्नेमा नेता पाैडेलकाे जाेड छ । नेपाली काँग्रेसले जितेको स्थानीय तहहरुमा राम्रो र पारदर्शी काम गरेर जनताकाे मन जित्न जनप्रतिनिधिहरूलाई सुझाव दिनुभयाे ।  अहिले राम्रो काम गरेर देखाउने बेला रहेको भन्दै संघियताकाे रक्षा र अहिलेकाे सरकारकाे गलत नीतिका बिरुद्ध एकजुट हुन पनि कार्यकर्ता र जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो ।