भष्ट्राचारको जालो उखेल्न सबैले एक हुनु आवश्यक संयोजक मिश्र ।।

५ बर्ष अघि

२0७६ जेष्ठ ७ मंगलवार

भष्ट्राचारको जालो उखेल्न सबैले एक हुनु आवश्यक संयोजक मिश्र ।।

रमेश खत्री जेष्ठ ७ दार्चुला मगंलवार साझा विवेकशील पार्टीको भष्ट्राचार विरुद्धको अभियान सम्पन्न भएको छ । दार्चुलाको महाकाली नगरपालिका ४ खुल्ला मञ्चमा भएको कार्यक्रममा विवेकशील पार्टीका केन्द्रिय संयोजक रविन्द्र मिश्र टिम दार्चुलामा पुगेर कार्यक्रम भएको हो । भष्ट्राचारि जेल परुन सुन काण्ड फोर जि काण्ड बालुवाटरको जग्गा एनसेल, वाईड वडि काण्ड आयल निगम काण्ड जस्ता नारामा उल्लेख गरिएको थियो । सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला बाट सरु गरेको अभियान आज दार्चुलामा पनि सम्पन्न भएको छ ।

दार्चुला जिल्ला लगायत देशभरीको भष्ट्राचारलाई उनमुलन गर्न सबै नागरिकले एक भएर अगाडि बढने बेला आएको साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले बताउनु भयो । दार्चुला जिल्ला लगाय सुदुरपश्चिमको विकासको मुहार फेर्ने हो भने हामी सबैले सोच बदलेर समाजको विकास गर्नु आवश्यक रहेको कुरामा जोड दिएका हुन । भष्ट्राचार विरुदको अभियानमा कैलाली , कञ्चनपुर, बैतडि र दार्चुलामा आमसभा गरि सबैमा जनचेतना दिदै आएको र अहिले नेपालमा थुप्रै बेतिथिहरु चलिरहेकाले अहिलेको सरकारले करोडौँमा खेलिरहेका भष्ट्राचरिलाई बचाईरहेको साझा विवेकशील पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले आलोचना गर्नु भयो । साझा विवेकशील पार्टी सुदुरपश्चिम प्रदेश कमिटिको आयोजना सञ्चालन भएको कार्यक्रममा विवेकशील पार्टिका कार्यक्रता लगाय आम दार्चुला बाशिहरुको सहभागिता रहेको थियो । कायक्रम दार्चुला जिल्ला सदरमुकाम खंलगाको खुलामञ्चमा भएको हो ।