महाकाली नदिमा एक पुरुष मृत फेला 

५ बर्ष अघि

२0७६ जेष्ठ ७ मंगलवार

महाकाली नदिमा एक पुरुष मृत फेला 

दृष्टिकोण समाचार जेठ ७ दार्चुला 
दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं.८ धाप जामिर पानीमा एकजना पुरुष मृत फेला परेका छन ।
मंगलबार दिउसो अन्दाजी ५०÷५५ बर्षको पुरुष महाकाली नदी किनारामा मृत अवस्थामा कुनै नाम ठेगना खुल्न नसकेको लास फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उक्त लास सडेको अवस्थामा फेला परेकाले चिन्न गारो भएको छ भने अहिले सम्म कतैबाट मृत लासको आफन्त सम्पर्कमा नआएकाले लास पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरिक्षक हिक्मत बहादुर बोहराले जनकारी दिनु भयो ।