नेपाली बलर सन्दीप लामिछानेले ५५ लाख रुपैयाँ पाउने

५ बर्ष अघि

२0७६ बैशाख ३१ मंगलवार

नेपाली बलर  सन्दीप लामिछानेले ५५ लाख रुपैयाँ पाउने

एसडी खबर, बैशाख ३१ । इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दीप लामिछानेले यो सिजन झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् । 

दिल्लीले तेस्रो हुने खेलाडीलाई  आइपीएलको नियम अनुसार ६ दशलमव ४ करोड भारतीय रुपैयाँकाे ५० प्रतिशत रकम  दिनुपर्ने हुन्छ । जस अनुसार दिल्लीले टिममा रहेको २५ खेलाडीलाई बराबर रकम दिँदा एक जनाले १२ लाख ८० हजार भारतीय रुपैयाँ तथा नेपाली साढे २० लाख रुपैयाँ पाउँछन् ।  पञ्जाव विरुद्ध तीन विकेट लिएका कारण सन्दीपले एक खेलमा स्टाइलिस खेलाडीको उपाधि जितेका थिए । उक्त  उपाधिसँगै उनले एक लाख भारतीय रुपैयाँ हात पार्नुका साथै  यो सिजन आइपीएल खेले वाफत २० लाख रुपैँया पाउने यसअघि नै पक्का भइसकेको छ ।

सन्दीपले दिल्लीबाट यो सिजनमा झण्डै ५५ लाख रुपैयाँ पाउने भएका हुन् । लगातार दोस्रो सिजन आइपीएल खेलेका सन्दिपले ६ खेलमा ८ विकेट लिएका थिए । सुरुवाती दुई खेलमा बेन्चमा बसेको सन्दीपले त्यसपछि लगातार चार खेल खेलको थिए ।त्यसअघि अरु दुई खेल खेल्दा अन्तिम चरण र क्वालिफायर्समा उनी बेन्चमा बसेका थिए ।