नेपाल र कम्बोडियाबीच व्यापार विस्तार गर्न सहमति

५ बर्ष अघि

२0७६ बैशाख ३१ मंगलवार

नेपाल र कम्बोडियाबीच व्यापार विस्तार गर्न सहमति

एसडी खबर, बैशाख ३१ । नेपाल र कम्बोडियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र व्यापार विस्तार गर्ने विषयमा सहमति भएकाे छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा नेपाल र कम्बोडियाबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् । त्यस्तै नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएकाे छ ।  नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।