सरकारले गुणस्तरहीन औषधि बिक्री वितरण गर्नेलाई कारबाही गर्ने

५ बर्ष अघि

२0७६ बैशाख ३१ मंगलवार

सरकारले गुणस्तरहीन औषधि बिक्री वितरण गर्नेलाई  कारबाही गर्ने

एसडी खबर, बैशाख ३१ काठमान्डाैँ । नेपाल सरकारले गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुलाई कडा कारबाही गर्ने भएकाे छ ।उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिनु भएकाे छ । 

चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने तथा चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ बिना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजना अघि सार्ने उपप्रधानमन्त्री यादव ले बताउनु भयाे । सरकारले सिधै कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी  रह्नुका साथै  सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महंगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भैरहेको उहाँले बताएका छन् । क़