प्रदेश सरकारको बजेट खर्च गर्न ढिलाई 

५ बर्ष अघि

२0७६ बैशाख ३0 सोमबार

प्रदेश सरकारको बजेट खर्च गर्न ढिलाई 

सुलोचना महता, ३० बैशाख दार्चुला । सुदुरपश्चि प्रदेश सरकारले समयमा स्थानीय तहलाई बजेट उपलब्ध नगराउँदा खर्च गर्न समस्या भएको भन्दै दार्चुला जिल्लाका स्थानीय सरकारका प्रमुखहरुले बताएका छन् । चालु आर्थिक बर्षमा प्रदेश सरकारबाट प्राप्त बजेटहरु यो महिनामा मात्रै उपलब्ध भएकाले बजेट खर्च गर्ने प्रक्रियाका कारण ढिलाई हुने मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिह धामीले जानकारी दिनुभयो । बजेट खर्च गर्नका लागि टेण्डर प्रक्रियाबाट बजेट कार्यान्वय गर्नु पर्ने बाध्यात्मक स्थितिले बजेट खर्च गर्न समस्या हुने नगर तथा गाउँपालिका प्रमुखहरुको गुनासो छ । 
जिल्ला समन्वय समितिको तेश्रो जिल्ला सभामा बोल्ने अधिकाँश बक्ताहरुले जिल्लामा सञ्चालित गौरबका आयोजनाहरुको काम समयमै सक्ने गरी प्रदेश र संघिय सरकारले पहल गर्नु पर्नेमा जोड दिएका छन् ।