अपीहिमाल गाउँपालिकाको मकरीमा गाडी पुग्यो 

५ बर्ष अघि

२0७६ बैशाख ३0 सोमबार

अपीहिमाल गाउँपालिकाको मकरीमा गाडी पुग्यो 

दृष्टिकोण समाचार, ३० बैशाख दार्चुला । सडक सञ्जालबाट टाढा रहेको दार्चुला जिल्लाको उत्तरपूर्वमा पर्ने अपीहिमाल गाउँपालिकाकोे मकरीगाडमा पहिलोपटक गाडी पुगेको छ । मकरीगाडमा निर्माण हुन लागेको १० मेगावाटको मकरीगाड जलविद्युत्त आयोजनाको काम सुरुवात गर्नको लागि जलविद्युत्त आयोजनाकै विशेष पहलमा सडक निर्माण गरिएको हो ।
अपीहिमाल गाउँपालिकाको वडा नम्बर ५ पारीबगडदेखि मकरीगाडसम्मको झण्डै आठ किलोमिटर सडक खुलाउन मकरीगाड जलविद्युत् आयोजनाले लगानी गरेको छ भने आसुतोस निर्माण सेवाले सहायक निर्माणको रुपमा काम गरेको मकरीगाड जलविद्युत आयोजनाका फिल्ड समन्वय अधिकारी जनक ठगुन्नाले जानकारी दिनुभयो ।
हाल उक्त सडक खण्डको ओखलमा चमेलीया नदि किनारबाटै रुट खोलीएको छ । त्यस क्षेत्रमा कडा चट्टान भएकाले खोलाकिनारबाटै सडक लगिएको छ, त्यस क्षेत्रमा पनि छिट्टै चट्टान फुटाइने छ ठगुन्नाले भन्नुभयो ।
मकरीगाड जलविद्युत् आयोजनाको सामाग्रीहरु ढुवानीको काम अब सूरु हुनेछ । पहिलो चरणमा क्रसर उद्योगको काम अगाडी बढाइने छ भने त्यस लगत्तै अन्य सामान ढुवानीको काम गरिने इलेक्टिकल सब ‌ओभररियर रहेका आयोजनाका फिल्ड समन्वय अधिकारी ठगुन्नाले जानकारी दिनुभयो ।
हाल जलविद्युत्को काम सञ्चालन गर्नका लागि आयोजनाले सडक निर्माण गरेको भएपनि आगामी दिनमा उक्त सडकलाई प्रदेश र संघिय सरकारले निर्माण र विस्तारको जिम्मेवारी लिनेछ ।

फोटो: जनक ठगुन्ना ।