प्रधानमन्त्री केपी शर्मा ओलीे चीन भ्रमण जादै ।।

६ बर्ष अघि

२0७५ असार ५ मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीे चीन भ्रमण जादै ।।


दार्चुला,
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि चीनको ६ दिने भ्रमण शुरु गर्दै हुनुहुन्छ ।चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङ प्रस्थान गर्न लाग्नुभएको हो ।चीन भ्रमणका क्रममा उहाँले चीनिया राष्ट्रपति सि चीनपिङ, प्रधानमन्त्री ली खछ्याङ, लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणमा नेपाल–चीनबिच अन्तरदेशीय सीमापार प्रसारण लाईनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तै गल्छी–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाईन निर्माणका लागि विस्तृत अध्ययन गर्न सम्झौता गर्ने तयारी छ । चीन भ्रमणका बेला उर्जा, रेल वे, विजुलीको प्रसारण लाइन र भूकम्प पछिको पुनर्निर्माणका क्षेत्रमा सम्झौता हुने प्रधानमन्त्री ओलीले हिजो संसदलाई जानकारी गराउनुभएको छ ।अघिल्लोपटक आफु प्रधानमन्त्री हुँदा भएका आपसी सहमतिको कार्यान्वयनका विषयमा पनि थप छलफल हुने उहाँले बताउनुभयो । साथै २ देशका नाका खोल्ने विषयमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्री अ‍ोलीले, नेपालको विकासका प्राथमिकताबारे जानकारी गराउनुका साथै लागि चीनले गर्न सक्ने सहयोगका बारेमा छलफल गरि आपसि सहयोगका क्षेत्र पहिल्याइने पनि संसदलाई जानकारी गराउनुभएको छ ।  प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार बिहान ९ बजे हिमालयन एयरलाइन्सको चार्टर विमानबाट बेइजिङ जानेछ ।
मंगलबार बेलुका नै प्रधानमन्त्री ओलीको टोली बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि हुनुहुनेछ । बुधबार बिहान ८ बजे प्रधानमन्त्री अ‍ोलीले चीनमा रहेको नेपाली दूतावासका कर्मचारी र चीनमा रहेका नेपालीहरुसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।बुधबार दिउसो ४ बजे प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चीनफीङसँग झण्डै पौने घण्टा भेट्नुहुनेछ । शुक्रबार प्रधानमन्त्री ओलीको टोली ल्हासाका जानेछ भने शनिबार ल्हासामा रहेको पोतला दरबार,जोखाङ मन्दिर,क्युसु कृषि आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ ।