नगर बस सञ्चालन हुँदा स्थानीय खुसि

५ बर्ष अघि

२0७६ बैशाख ३0 सोमबार

नगर बस सञ्चालन हुँदा  स्थानीय खुसि

रमेश खत्री बैशाख ३० दार्चुला। महाकाली नगरपालिकाले नगर बस आज बाट सञ्चालन गरेको छ । महाकाली नगरपालीकाले नगरबासीलाई सेवा दिन उदेश्यका साँथ खरिद गरिएको नगरबस सोमबार बाट उद्यघाटन गरि सञ्चालन गरेको हो । दार्चुला जिल्लाको जिल्ला सदरमुकाममा रहेको महाकाली नगरपालिकाले ५ वर्ष मुनिका बालबालिका तथा क वर्गको अपागंता भएका व्यक्तीलाई निशुल्क सेवा दिने महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले बताउनु भयो । नगर बस महाकाली नगरपालिकाको वडा नं. ४,५,६,७,८ र वडा नं.९ को बेत सम्म सञ्चालन गरिने नगर प्रमुख भट्टले बताउनु भयो ।

नगरकार्यपालिकाले नगरबस सञ्चालन तथा कार्यविधि २०७५ पारित गरी बस संचालनको तयारीका साँथ नगर बस सञ्चालन गरिएको महाकाली नगरपालिकाले जानकारी दिनु भयो । नगरबस तत्काललाई पकी सडक भएको नगरपालिकाको वाड नम्बर ४ ,५,६ ,७ ,८ र ९ सम्म मात्रै संञ्चालन गरिने नगरपालिकाले जनाएको छ । बस बेतबाट बिहान ५ःः३० बजे खलंगा , बिहान ७ ः१५ बजे खलंगाबाट बेत विहान ८ः३० बजे खलंगाबाट बेतका लागी बस छुटने समय तालिका निकालेका छन ।

र्हेर्नुहोस पुरा समयतालिका 

बसमा व्यापारिक प्रयोजनका सामाग्री बसारपसार गर्ने नपाईने निर्णय गरिएको छ । बसको भाडादर नेपाल सरकार यातायात व्यवस्था विभागबाट निर्धारण भए बमोजिन कायम गरि सञ्चालन गरिएको महाकाली नगरपालिकाले जनाएको हो । नगरपालिकाले आसर कम्पनीको ४० सिट क्षमाता भएको बस ३९ लाखमा खरिद गरी नगरबासीहरुलाई सेवा दिने भएको छ ।