पत्रकार मिना मङ्गलकाे गाेली हानी हत्या

५ बर्ष अघि

२0७६ बैशाख ३0 सोमबार

पत्रकार मिना मङ्गलकाे गाेली हानी हत्या

एसडी खबर, बैशाख ३० । अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको गाेली हानी  हत्या भएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गर्नुका साथै हत्यारालाई कारबाही माग गरेका छन् । साथै यस्ता हत्याका घटनामा संलग्नहरुलाई कानुनबमोजिम कारबाहीका लागि पनि माग गरेका छन् । टेलिभिजनमा कार्यरत  पत्रकार मिना मङ्गलकाे राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको थियो । 

उनी राजनीतिमा पनि सक्रिय  तथा  राजनीतिक सल्लाहकारको रुपमा कार्यरत थिइन् । अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकार मङ्गलका हत्यारालाई पक्राउ गरी कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । अफगान प्रहरीले अनुसन्धान थालेको बताएको छ । तर उनको हत्यामा संलग्न के हुन् भन्ने बारेमा भने अझै प्रस्ट भइसकेको छैन । आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेलामा मङ्गललाई शनिबार गोली हानिएको थियो ।