तेस्रो जिल्ला सभा सञ्चालन

५ बर्ष अघि

२0७६ बैशाख ३0 सोमबार

तेस्रो जिल्ला सभा सञ्चालन


सुलोचना महता, बैशाख ३० दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा सोमबार औपचारिक रुपमा तेस्रो जिल्ला सभा सञ्चालन भएको छ । जिल्ला समन्वय समितिले गर्ने गतिविधिहरुबारे जानकारी दिने उद्देश्यले तेस्रो जिल्ला सभाको आयोजना गरिएको जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्कीले जानकारी दिनु भयो । 
जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको अध्यक्षता एवमं सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिँह बोहराको प्रमुख आतिथ्यता तेस्रो जिल्ला सभा सञ्चालन भएको छ । कार्यक्रममा दार्चुलाका नौवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, कार्यालय प्रमुख, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।