जानकी जन्माेत्सव मनाउन राष्ट्रपति जनकपुर आउँदै

५ बर्ष अघि

२0७६ बैशाख ३0 सोमबार

जानकी जन्माेत्सव मनाउन राष्ट्रपति जनकपुर आउँदै

दृष्टिकोण समाचार, ३० बैशाख दार्चुला । जनकपुरमा साेमबार जानकी नवमी एवं जानकी जन्माेत्सव धुमधामसँग मनाइदैछ । बैशाख शुक्ल नवमी आर्थात आजकै दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउने गरिन्छ ।जानकी नवमीको अवसरमा साेमबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरहरुमा पुजाअर्चना गर्ने श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । यस वर्ष सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नवदुलही झैं सिंगारिएको छ । सीताको जन्मोत्सवमा सहभागि हुन एवं पुजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् ।जानकी मन्दिरको मुख्य कार्यक्रम जानकी नवमी रहेकाले भव्यता पूर्वक मनाउन लागिएको जानकी मन्दिरका सह महन्थ रामरोशन दास बैष्णवले बताउनुभयो ।जानकी नवमीमा सहभागि हुन राष्ट्रपति विद्यादेवी भण्डारी साेमबार जनकपुरमा आउँदै हुनुहुन्छ । बिहान ९ बजे हेलिकप्टरबाट जनकपुर आउनुहुने राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताउनुभयो । राष्ट्रपतिको आगमनलाई लिएर जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।