ईन्जिनियरलाई ज्यान मार्ने धम्की 

५ बर्ष अघि

२0७६ बैशाख २९ आईतवार

ईन्जिनियरलाई ज्यान मार्ने धम्की 

दृष्टिकोण समाचार बैशाख २९
पुर्वधार विकास कार्यालयका ईन्जिनिय जंगबहादुर थापालाई जिल्ला समन्वय समिति अछामका सदश्य बेद प्रसाद तिमिल्सिनाले ज्यान मार्ने धम्की दिएका छन । 
शनिबार नेपल ईन्जिनियर्स एसोसिएसन सुदुर पश्चिम प्रदेश समितिले विज्ञप्ती निकाली घटनाको छानविन गरि र्काबाहीको माग गरेका हुन । जिल्ला समन्वय समिति अछामका सदश्यले उपभोक्ता समिति आफुनिकटका  नपरेकोर अन्यत्र योजना सम्झौता गरेको भन्ने आरोपमा राष्ट्र सेवक कर्मचारिको मनोेवल गिर्ने गरि आवान्छनिय तथा गैर जिम्मवार व्याहार गरेकोमा सुदुरपश्मि प्रदेश कार्यकरणि समितिको ध्यानाकर्षण भएको  सचिव लवराज पन्तले जानकारी दिनु भयो । देशको विकासमा विभिन्न कठीनाइका बाबजुत निष्ठा पूर्व कार्य जिम्मेवारीमा खटिएका  ईन्जिनियर प्रति राज्यको जिम्मबार पदमा बाहाल जनप्रतिनिधी बाट गरिएको व्यहारले निन्दनीय र दुव्यबहारले सबै कर्मचारीको ध्यानक्रर्षण भएको नेपल ईन्जिनियर्स एसोसिएसन सुदुर पश्चिम प्रदेश समितिले जनाएको छ ।