सन्दीप लामिछाने आइतबार स्वदेश फर्कने

५ बर्ष अघि

२0७६ बैशाख २८ शनिबार

सन्दीप लामिछाने आइतबार स्वदेश फर्कने

दृष्टिकोण समाचार,२८ बैशाख दार्चुला । आईपीएल क्रिकेट खेल्न भारतमा रहेका नेपाली युवा खेलाडी सन्दीप लामिछाने आइतबार नेपाल आउने भएका छन् ।  भारतमा जारी आईपीएलको दोस्रो क्वालिफायरमा उनको टिम दिल्ली क्यापिटल्स चेन्नाई सुपरकिंग्ससँग पराजित भएसँगै सन्दीपको पनि आईपीएल यात्रा टुंगिएको थियो ।गत सिजनमा आईपीएलमा डेब्यू गरेको सन्दीपले यस पटक चाँडै नै   मौका पाएका थिए । २०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलका सन्दीपले यस पटक सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए ।पटक उनले समग्रमा ६ खेलमा प्लेयिङ सेटमा स्थान बनाउँदा ८ विकेट लिए । आइतबार नेपाल आए पनि उनले आसन्न प्रधानमन्त्री कप (पीएम कप) खेल्न नखेल्ने बारे अहिलेसम्म टुंगो लागिसकेको छैन् ।उनी प्रदेश तीनबाट खेल्ने सम्भावना रहे पनि यसबारे औपचारिक जानकारी सोमबार आउने आउने बताइएको छ ।