गाेकुलेश्वरमा ७ सय २८ सवारी कार्वाहीमा परे, चार लाख बढी रजश्व संकलन

५ बर्ष अघि

२0७६ बैशाख २८ शनिबार

गाेकुलेश्वरमा ७ सय २८ सवारी कार्वाहीमा परे, चार लाख बढी रजश्व संकलन

दृष्टिकोण समाचार, २८ बैशाख दार्चुला । दार्चुला जिल्लाकाे दाेश्राे ठुलो बजार शैल्यशिखर नगरपालिका गाेकुलश्वर बजारमा रहेको अस्थायी ट्राफिक पाेष्टले चालू आर्थिक बर्षकाे दस महिनाकाे अवधिमा ७ सय २८ सवारीसाधनलाई कार्वाही गरि ४ लाख ६६ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ । अस्थायी ट्रफिक पाेष्ट गाेकुलेश्वरका ट्राफिक प्रहरी जयहरी चन्दका अनुसार ट्राफिक नियम उलङ्घन गर्ने सवारी चालक तथा सवारीधनीहरूबाट साे राजश्व रकम अशुल गरिएकाे हाे । 

चालू आर्थिक बर्षकाे साउन महिनामा ५६ सवारीसाधनलाई कार्वाही गरि ३९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरिएकाे छ । त्यसैगरी भाद्रमा ४४ सवारीसाधनबाट २६ हजार पाँच सय रुपैयाँ, असाेजमा ३४ सवारीसाधनबाट २० हजार रुपैयाँ, कार्तिकमा ६६ सवारीसाधनबाट ४० हजार रुपैयाँ, मंसिरमा ८१ सवारीसाधनबाट ४६ हजार रुपैयाँ, पुसमा ५८ सवारीसाधनबाट ३२ हजार पाँच सय रुपैयाँ, माघ महिनामा ६१ वटा सवारीसाधनबाट ३२ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरिएको छ । त्यस्तै फागुनमा १ सय ४० सवारीसाधनबाट ९७ हजार रुपैयाँ, चैतमा ६० सवारीसाधनबाट, ४८ हजार पाँच सय रुपैयाँ र बैशाख महिनामा १ सय २८ सवारीसाधनलाई कार्वाही गरि ८४ हजार रुपैयाँ राजश्व संकलन गरिएको अस्थायी ट्राफिक प्रहरी पाेष्ट गाेकुलेश्वरका ईन्चार्ज जयहरी चन्दले जानकारी दिनुभयाे । 

ट्राफिक नियम उलंघन गर्नेमा बढीजसाे जिप र माेटरसाईकल रहेका छन् ।