पत्नीको उपचार गर्न प्रचण्ड उडे सिंगापुर

६ बर्ष अघि

२0७५ असार ४ सोमबार

पत्नीको उपचार गर्न प्रचण्ड उडे सिंगापुर

दार्चुला
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान गरेका छन् । प्रचण्ड, उनकी पत्नी सीता र छोरी गंगा दाहाल सिंगापुर प्रस्थान गरेका हुन् ।
प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ९जुगल०ले फेसबुकमा फोटो शेयर गर्दै लेखेका छन्, शुभयात्रा ।
सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् । छोरा प्रकाशको असामयिक निधनपछि उनलाई रोगले झन् च्याप्ने गरेको पारिवारिक स्रोत बताउँछ । यसअघि उनलाई छोरी रेणु दाहालले उपचार गर्न नयाँदिल्ली लगेकी थिइन् ।