प्राज्ञिक विद्यार्थी परिषद्को आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

५ बर्ष अघि

२0७६ बैशाख २७ शुक्रबार

प्राज्ञिक विद्यार्थी परिषद्को आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न 


सुलोचना महता, बैशाख २७ दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ मा रहेको पशुपति शिक्षा मन्दिर स्कुलमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, दार्चुलाको आयोजनामा अतिरिक्त कृयाकलाप अन्तरगत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “राष्ट्र निमार्णमा विद्यार्थीको भुमिका” भन्ने विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा ६ देखि १० कक्षा सम्मका २५ जना विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । 
विद्यार्थीहरुमा रहेको प्रतिभालाई बाहिर प्रस्तुत गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, सुदुरपश्चिम प्रदेशका सचिव महेश भट्टले बताउनु भयो । त्यस्तै देशमा सक्षम विद्यार्थीहरु विद्यालयहरुले उत्पादन गर्न सकेमा मात्रै असल राष्ट्र निमार्ण हुने पशुपति शिक्षा मन्दिर स्कुलका शिक्षक नविन जोशीले बताउनु भयो । उमेर पुगेपछि नागरिता बनाएर विदेश खाडी मुलुक गएर पसिना बगाउने युवाहरुले देशको केही गर्न नसक्ने हुदाँ विद्यार्थीहरुले स्वदेशमै केही गर्नुपर्ने जोशीले बताए । 
वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने कमला जोशी, द्धितीय हुने गगन महरा र तृतीय हुने विपना धामीलाई पुरुस्कार वितरण गरीएको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, दार्चुलाले जनाएको छ । पशुपति शिक्षा मन्दिर स्कुलका शिक्षिका देवकी भट्टको अध्यक्षतामा आयोजित वक्तृत्वकला प्रतियोगितामा शिक्षक नविन जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।