सरकारको काम गराई हित विपरित छ ः नेता खनाल

५ बर्ष अघि

२0७६ बैशाख २७ शुक्रबार

सरकारको काम गराई हित विपरित छ ः नेता खनाल

एसडि खबर , दार्चुला बैशाख २७ 
देशमा दुई तिहाइृको सरकार भएपनि जनताको हित विपरित काम गरिरहेको नेपालि कांग्रेसका केन्द्रिय सदश्य राजु खनालले आरोप लगाउनु भएको छ । 
शुत्रःरबार हिमाल,पहाड र तराई अभियानको सिलसिलामा दार्चुला पुग्नु भएका केन्द्रीय सदश्य खनालले पत्रकार सम्मेलनमा अभियानाक बारेमा जानकारी दिदै अहिलेको सरकार स्थानीय जनताको हित विपरीत काम गरिरहेको प्रर्ति आप्ती जनाएका हुन । नेपाली काङग्रेसले देशव्यापि रुपमा जागरण अभियान सञ्चालन गरिरहेको र अबका दिनमा सबै नागरिकको हितमा काम गर्न यो अभियानको थालनि गरिएको केन्द्रिय सदश्य खनालले बताउनु भयो । 
प्रेस युनियन दार्चुलाको आयोजनामा सञ्चालन भएको  पत्रकार सम्मेलनमा बोल्दै नेपाली काङग्रेसका नेता राजु खनालले २०७४ सालको निर्वाचन पछिको अवस्थाका बारमेमा सबै जनतालाई जानकारी दिने उदेश्यका साँथ जागरण अभियान सञ्चालन भएको बताएका हुन । त्यसैगरि  सुदुरपश्चिम प्रदेशका लेखा समिति संयोजक नन्दा बलमे अहिलेको प्रदेश सरकारले पनि जनताको हितमा कुनै काम गर्न नसकिरहेकाले संघियताको सहि सदउपयोग गर्न सुझब दिएका छन । नेपाली काङग्रेसको राष्ट्रिय अभियालाई सार्थक बनाउन अहिले देशभरी चलिरहेको हिमाल, पहाड र तराईको जागरण अभियानले सकारात्मक सन्देश पनि बोकेको नेता बमले बताउनु भयो । कार्यक्रममा दार्चुला जिल्लामा क्रयासिल पत्रकारहरु तथा नेपाली काङग्रेस जिल्ला कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम विपि चिन्तन प्रत्रीष्ठानकोे सभाहल दार्चुलामा भएको हो ।