आफ्नै छाेरीलाई जिउँदै जलाउने बा आमा प्रहरी नियन्त्रणमा

५ बर्ष अघि

२0७६ बैशाख २७ शुक्रबार

आफ्नै छाेरीलाई जिउँदै जलाउने बा आमा प्रहरी नियन्त्रणमा

दृष्टिकोण समाचार,२७ बैशाख दार्चुला । दार्चुला जिल्लाकाे ब्याँस गाउँ पालिका वडा नम्बर पाँच चुकपानी बस्ने बुवा नवीन बिष्ट र आमा शिला बिष्टले १० महिनाकी छाेरी अनुष्का बिष्टलाई जिउँदै जलाएका छन् । बैशाख २६ गते राती घर नजिकै रहेकाे खरकाे लुट्टामा छाेरीलाई राखेर जलाएकाे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख रबिन्द्र कठायतले जानकारी दिनुभयाे ।  

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक हिक्मत बाेहराकाे नेतृत्वमा गएकाे टाेलीले छाेरी जलाउने  आमाबुवालाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।