जीपकाे ठक्करबाट एक बालक मृत्यु

५ बर्ष अघि

२0७६ बैशाख २६ बिहीबार

जीपकाे ठक्करबाट एक बालक मृत्यु

 

एसडी खबर, बैशाख २६ बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ६ बांगाबगरमा जीपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । बहिबार दिउँसाे साढेतीन बजेतिर गोकुलेश्वरबाट सतबाँझ तर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीपले ठक्कर दिँदा सडक छेउमै खेलीरहेका ३ बर्षीय बालक युुकेश साउँदलाई मृत्यु भएको हो ।

जीपको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचार क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । बालकलाई ठक्कर दिएर भाग्दै गरेका जीप चालक विक्रम बिष्टलाई सल्सेनाबाट जीप सहित नियन्त्रणमा लिईसकेको प्रहरी निरीक्षक पातलीले बताए । दोषीलाई कारवाहीको माग राख्दै स्थानीयहरुले अहिले महाकाली राजमार्गको सतबाँझ गोकुलेश्वर सडकखण्ड अन्तर्गत बांगाबगरमा सडक अवरुद्ध गरेका छन् । दोषीलाई कानुन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।