किसान तरकारी खेतीतर्फ आकर्षित 

५ बर्ष अघि

२0७६ बैशाख २६ बिहीबार

किसान तरकारी खेतीतर्फ आकर्षित 


सुलोचना महता, बैशाख २६ दार्चुला । दार्चुलाको र्मामा, लेकम, दुहुँ क्षेत्रका किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन् । दार्चुला जिल्लामा सञ्चालन भएको पहल कार्यक्रम तथा स्थानीय तहले तरकारी उत्पादनका लागि सहयोग गरेपछि दार्चुलाका किसानहरु तरकारी खेती तर्फ आकर्षित भएका हुन् । 
किसानहरुले हाल बारीमा काँक्रो, फर्सी, खुसार्नी, लसुन, अदुवा, टमाटर लगायतका तरकारीहरु खेती गरी आत्मनिर्भर बन्दैँ गईरहेका छन् । पहिले अन्न बालीमात्र लगाउने गरेको भएतापनि अहिले विभिन्न संस्थाहरुले तरकारी खेतीबारेमा तालिम तथा व्यवसायको रुपमा सञ्चालन गर्न सधाउ पु¥याएपछि आफुहरुले तरकारी खेती लगाएको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भतोलाका स्थानीय उजल सिँह बोहराले बताउनु भयो । धर्ती मातासँग उब्जाउन गर्ने धेरै क्षमता भएकाले गर्न सके आफ्नै देशमा सुन फल्न सक्ने भतोलाका अर्का स्थानी मनसिँह बोहराले बताउनु भयो । बोहराले भने, ‘पहिले हामीले असोज, कार्तिकको महिनामा काँक्रो खान्थयौँ तर अहिले हामी चैत्र, बैशाखमा आफ्नै बारीबाट काँक्रो खाईरहेका छौँ ।’ 
दश कक्षा पास गरेर विदेश नगई स्वदेशमै केही गर्न सकिन्छ भन्ने मनसायले पाचँ वर्ष देखि तरकारी खेती गरीरहेको भताेलाका स्थानीय प्रेमसिँह बोहराले बताउनु भयो । बोहराले अहिले तरकारी खेतीलाई व्यवसायको रुपमा अगाडी बढाउनुका साथै फलफुल खेती पनि गरीरहेका छन् । तरकारी खेतीबाट वार्षिक रुपमा डेढ लाख आम्दानी गरेका बोहराले आफ्नी छोरीको नाम पनि कृषिबाटै कृषिका राखेको बताए ।

किसानहरुले उत्पादन गरेका वस्तुहरु स्थानीय तथा सदरमुकाम बजार क्षेत्रमा  बिक्री गरीरहेकाे भएपनि जिल्लामा आवश्यक पर्ने वस्तुहरु अझैपनि दार्चुलामा उत्पादन हुन सकेकाे छैन् । दार्चुलामा कृषिका नाममा लाखाैँ बजेट स्थानीय सरकारले छुट्टाएकाे भएपनि तालिम तथा बिउ वितरण गर्ने लगायतका कार्यहरु मात्र सिमित भएकाे हुदाँ कृषिमा क्रान्ति हुन नसकेकाे स्थानीयहरुले बताउँछन् ।