तालिममा सिकेका कुराहरु कार्यान्वयन गर्नु आवश्यकः अध्यक्ष धामी

५ बर्ष अघि

२0७६ बैशाख २६ बिहीबार

तालिममा सिकेका कुराहरु कार्यान्वयन गर्नु आवश्यकः अध्यक्ष धामी

एसडि खाबर  दार्चुला 
गाँउठाउँको विकासका लागि हरेक नागरिकले तालिम लिएपछि सहि सदउपायेग गरि काम गर्न नौगाड गाँउपालिका अध्यक्ष प्रेम सिह धामीले आग्रह गरेका छन । 
बिहिबार जिल्ला सदरमुकाम दार्चुलामा आयोजना गरिएको ५ दिने अगुवा कृषिक तालिममा शुभकाना मन्तव्य दिदै नौगाड गाँउपालिका अध्यक्ष धामीले उक्त कुरामा जोड दिएका हुन । ग्रामिण जललस्रो व्यवस्थापन परियोजना दार्चुलाको आयोजनामा बैशाख २२ गतेबाट सञ्चालन गरेको ५ दिने तालिमबाट आफुले सिकेका सबै कुराहरु जिवन परिवर्तनमा लागु गर्न तालिमका सहभागिहरुलाई आग्रह गरेका छन । जलस्रोत जिविको पार्जन र जिवन सुधारका लागि स्थानीय सरकार लगायत स्थानीय नागरिहरुको आयस्थारमा परिवर्तन गर्न ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले काम गरिरहेको डिपुटि टिमलिडर नाराण वाग्लेले बताउनु भयो । 


दार्चुला जिल्लाको व्याँस , लेकम, दुहँु, मार्मा र नौगाड गाँउपालिकाका बरिव ६० जना कृर्षकहरुको सहभागिता रहेको छ । तालिमबाट विशेष गरि ग्रामिण क्षेत्रका महिलाहरुको व्यवहार परिवर्तन गर्ने र  घरबारि लगायत अन्या पशुपालनको काम महिलाहरुको बढि हुने भएकाले ५ दिने तलिममा बढिजससो महिला कृषकहरुको सहभागिता रहेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला जलस्राेत सल्लाहका र लवज पन्तले बताउनु भयो ।