व्यासँ गाउँपालिकामा एकिकृत घुम्ती सेवा शिविर सञ्चालन हुने 

५ बर्ष अघि

२0७६ बैशाख २३ सोमबार

व्यासँ गाउँपालिकामा एकिकृत घुम्ती सेवा शिविर सञ्चालन हुने 

सुलोचना महता, बैशाख २३ दार्चुला । दार्चुलाको व्यासँ गाउँपालिका केन्द्र सुन्सेरामा यही बैशाख २८ गते  देखि २९ गतेसम्म एकिकृत घुम्ती सेवा शिविर सञ्चालन हुने भएको छ । जनताको घरदैलोमा सेवासुविधा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दार्चुला र व्यासँ गाउँपालिकाको संयुक्त आयोजनामा दुई दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।एकिकृत घुम्ती सेवा शिविरमा नागरिता, पmोटो सहितको मतदाता नामावली दर्ता, स्वास्थ्य सेवा, घरेलु तथा लद्यु उद्योग दर्ता, नविकरण तथा परामर्श,  बिउवितरण लगायत विभिन्न क्रियाकलाप सञ्चालन हुने भएको छ ।