जन्मदिनको खर्चले टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण 

५ बर्ष अघि

२0७६ बैशाख २३ सोमबार

जन्मदिनको खर्चले टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण 


सुलोचना महता, बैशाख २३ दार्चुला । जन्मदिनलाई मानिसहरुले भोजभतेर गरेर मनाउने संस्कार पछिल्लो समयमा बढ्दैँ गएको छ । यसैकम्रमा सुर्या लाइफ इन्स्योरेन्स दार्चुला शाखाका प्रबन्धक विरसिँह महराले आफ्नो जन्मदिनको टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेर मनाएका छन् । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ मा जन्मिनु भएका महराले  सोमबार दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैमा रहेको जगन्नाथ प्राथमिक विद्यालय रहेका छ जना टुहुरा र एक जना अपाङ्ग बालबालिकाहरुलाई ३५ औँ जन्मदिनको उपलक्ष्यमा शैक्षिक सामग्री वितरण गरी जन्म दिन मनाएका हुन् ।
महरा विगत सात वर्षदेखि सुर्यालाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भई गत पाचँ महिना देखि दार्चुलामा शाखा प्रबन्धक भएर विभिन्न कार्यहरु गदैँ आएका छन् । हाल सम्म एक सय ५० भन्दा बढी तालिमहरु सञ्चालन गरी सुदुरपश्चिम प्रदेशका नौवटै जिल्लाहरुका सात हजार भन्दा बढी जीवन बिमाका अभिकर्ताहरु सिर्जना गरेका छन् । महराले दश वर्ष पहिले गेटा आँखा अस्पतालमा आखाँ दान गर्नुका साथै नियमित रुपमा रगत दान गर्ने जस्ता समाजिक कार्यहरुमा पनि  संलग्न छन् । 
उहाँले आफु दार्चुला आएकाे पाचँ महिनामा  जीवन बिमा सम्बन्धी आधारभुत तालिम तीन वटा, अभिकर्ता पूर्नताजकिय तालिम चार वटा रोजगारमुलक तालिम र जीवन बिमा जागरण अभियान पाचँ वटा सञ्चालन गरेको छ । त्यसैगरी दार्चुला महोत्वसमा ‘परिचय दिनुहोस् उपहार जित्नुहोस्’ कार्यक्रम मार्फत म्यादी बिमा २० र ५० जना लाई निःशुल्क रोजगारमुलक तालिम दिएका छन् । 
सुर्यालाइफ दार्चुला शाखालाई पाचँ महिनामा उत्कृष्ट शाखा बनेर सुर्यालाइफ इस्योरेन्स कम्पनीद्धारा सम्मानित भएको छ । नेशनल एकडेमी लिडरसीपको सम्बन्धी इन्डिया, केरला लगायत अन्र्तराष्ट्रियस्तरको नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धी तालिम प्राप्त गर्नुका साथै  उहाँ जेसीटि नेपालका राष्ट्रिय प्रशिक्षक  हुन् । “सेवा नै धर्म हो” भन्ने मानेर पेशागत जीवन सगैँ समाजिक कार्यहरु अझै आगामी दिनहरुमा गदैँ जाने उहाँले बताउनु भयो । विद्यार्थीहरुका लागि उक्त सहयोगबाट नियमित विद्यालय आउन हौसला मिल्ने शिक्षिका भुवनेश्वरी जोशीले बताउनु भयो ।