विकासका काममा बाधक नबनुहाेस्ः नगर प्रमुख भट्ट

५ बर्ष अघि

२0७६ बैशाख २२ आईतवार

विकासका काममा बाधक नबनुहाेस्ः नगर  प्रमुख भट्ट


एस डी खबर बैशाख २२ दार्चुला । स्थानीय सरकारले आ—आफ्नो क्षेत्रबाट विकास निमार्णका कार्यहरु सञ्चालन गरीरहेका हुदाँ स्थानीयहरुलाई बाधक नबन महाकाली नगरपालिका प्रमुख हस‌ंराज भट्टले अाग्रह गरेका छन ।। आइतबार भएको महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दैँ नगरप्रमुख भट्टले उक्त कुरामा जाेड दिएका छन् । 

विकासका लागि नगरपालिकाले सबैसँग हातेमाले गरी अधिबढी रहेको हुदाँ सबैले एकजुट भएर लाग्नुपर्ने बताएका छन् । नगरपालिका क्षेत्र भित्र हरेक बस्तीहरुमा सडक पु¥याउनका लागि स्थानीयहरुले सहयोग गर्न तथा जग्गा उपलब्ध गराउन समेत आग्रह गरेका छन् । त्यस्तै कार्यक्रममा बोल्दैँ महाकाली नगरपालिकाका स्थानीय नरसिँह चौसिरले नगरपालिकाले विकासका पूर्वाधार पूरा नभएको हुदाँ विकास निमार्णका कार्यक्रमहरुलाई समयमै सम्पन्न गनुपर्ने माग राखेका छन् । नगरपालिकाले स्थानीयहरुलाई प्रदान गर्ने सेवा सुविधा देखि लिएर विकास निमार्णका हरेक कियाकलापहरु ढिलासुस्ती भइरहेकाे स्थानीय उदय सिँह बोहराले गुनासो । नगरपालिकाले समयमै विकास निमार्णका कार्यहरु सम्पन्न नगर्दा स्थानीयहरुले समस्या झैलिरहेले नगरपालिकाकाे विकासका लागि स्थानियकाे आवश्यकता हेरी विकास निमार्ण गर्न पनि कार्यक्रमका सहभागीहरुले जाेड दिएका छन् ।  महाकाली नगरपालिकाले चालु आवमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्म ५० प्रतिशत काम सम्पादन गरेको जनाएको छ ।