दार्चुला तिंकर सडक खण्ड अन्तरगत पहिरो खस्दा आवत्–जावत् अबरुद्ध ।।

६ बर्ष अघि

२0७५ असार ३ आईतवार

दार्चुला तिंकर सडक खण्ड अन्तरगत पहिरो खस्दा आवत्–जावत् अबरुद्ध ।।

दार्चुला तिंकर सडक खण्ड अन्तरगत ठुलो पहिरो खसेको छ । महाकाली करिडोर अन्तरगत पर्ने दार्चुला तिंकर सडक खण्डमा पहिरो खस्दा आवत् जावत् बन्द भएको छ ।
दार्चुला तिंकर सडक खण्ड अन्तरगत पर्ने गरमौरा भन्ने स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । यसअघि स्थानिय प्रशासनले दार्चुला तिंकर सडक खण्ड अन्तरगत राताकाँठा भीरमा दुर्घटनाको उच्च जोखिम रहेको भन्दै सवारी सञ्चालनमा रोक लगाएको थियो । उक्त क्षेत्रमा दुर्घटनाको उच्च जोखिम रहेको भन्दै जेठ महिनामा यातायात व्यवसायी लगायतको सहभागितामा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सवारी सञ्चालनमा रोक लगाएको थियो । साथै दार्चुला तिंकर सडक खण्ड अन्तरगत राताकाँठा  भीरमा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीर बहादुर कार्की, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी नवराज अधिकारी, यातायत व्यवसायीहरु लगाायतको टोलीले स्थलगत अवलोकलन गरेको थियो ।
लामो समय देखि राजनीतिक, निर्माण सामग्री अभावका कारण गति लिन नसकेको महाकाली करीडोर अन्तरगत पर्ने दार्चुला तिंकर सडक खण्ड हाल सम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन । दार्चुला तिंकर सडक खण्ड निर्माण सम्पन्न नहुदाँ दुहू तथा व्याँस गाउँपालिकाका स्थानियहरुले भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ । युगौँ देखिको दुहू तथा व्याँसका स्थानियहरुको गाडी चढ्ने धोको जीउँकातिउँ रहेको छ ।
दार्चुला तिंकर सडक आयोजनाले ट्र्याक खोलेर हिकिलासम्म साना सवारी साधन सञ्चालनमा रहेको थिए । तर राताकाँठा क्षेत्रमा प्रशासनले सवारी सञ्चालनमा रोक लगाएपछि उक्त क्षेत्रमा सञ्चान हुने सवारी साधनहरु कम चल्न थालेको स्थानियहरुको गुनासो छ । राताकाँठा क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकको दार्चुला तिंकर सडक अन्तरगतको गरमौरा भन्ने स्थानमा पहिरो खसेपछि स्थानियहरुलाई झन् समस्या भएको छ । हिकिला देखि राताकाँठा सम्म र राताकाँठा देखि खलंगासम्म साना सवारी साधनहरु तथा ट्«याक्टरहरु सञ्चालन हुदै आएका छन् ।