व्यवस्थित बसपार्क नहुदाँ समस्या

५ बर्ष अघि

२0७६ बैशाख २२ आईतवार

व्यवस्थित बसपार्क नहुदाँ समस्या



सुलोचना महता, बैशाख २२ दार्चुला । दार्चुलाको जिल्ला सदरमुकाम क्षेत्रमा व्यवस्थित बसपार्क, प्रतिक्षालय तथा पाकिङको सुविधा नहुदाँ यातायात व्यवसायी, गाडी चालक देखि लिएर स्थानीयहरुले वषौँ देखि समस्या झेलि रहेका छन् । बसपार्कको व्यवस्थापन नहुदाँ टिकट काउन्टर देखि लिएर सवारी साधनहरु सडकमै अस्तव्यस्त अवस्थामा रह्नुका साथै हिड्र्ने मान्छेलाई समेत अप्ठयारो भएको छ । 
हाल बसपार्कमा नयाँ सवारी साधनहरु थपिदैँ गएका छन् भने महाकाली नगरपालिकाले समेत नगरबस सञ्चालन गर्नका ल्याएको छ । तर नयाँ तथा पुराना सबै सवारी साधनहरुलाई व्यवस्थित रुपमा राख्नका लागि व्यवस्थित बसपार्क छ । सदरमुकाममै बसपार्कको यस्तो अवस्था छ भने स्थानीय सडकहरुमा सञ्चालन भएका गाडीहरुका लागि न बसपार्क छ, नत टिकट काउन्टर नै छ । 
बसपार्कको व्यवस्थापन नहुदाँ सडक मै टिकट काउन्टर सञ्चालन गरीरहेको महाकाली यातायात व्यवसाय समिति दार्चुलाका बुकिङ कलर लबदेव अवस्थीले बताउनु भयो । गाडी पाकिङको सुविधा नहुदाँ नेपाली सेनाको जमिनमा सवारी साधनहरु राख्दा कहिले राख्न पाइने कहिले सडकमै छोड्नुपर्ने अवस्था रहेको हुदाँ गाडीहरु अलपत्र रहेको अवस्थीले बताए । 
त्यस्तै गाडी चालक सरदार महराले भने अहिले हामीले सानो क्षेत्रमा गाडीहरु पाकिङ गरीरहेका छौँ, सदरमुकाम खलंगाको अवस्था हो भने बजार क्षेत्र भित्र गाडी छिर्ने ठाउँ छैन्, यस तर्फ स्थानीय सरकारको ध्यान जान सकेको छैन् । यातायात व्यवसायहरुले सडकमा गाडी राख्दा माथिल्लो निकाय तथा ट्राफिकबाट पनि दुव्यवहार खेपिरहेको गाडी चालक महराले गुनासो गरेका छन् ।
सदरमुकाम खलंगा क्षेत्रमा गल्फै, पत्रकार महासंघको तलपट्टी लगायत थुपौँ ठाउँ रहेको हुदाँ व्यवस्थित बसपार्क बनाउन स्थानीय सरकारले चाहने हो भने व्यक्तिगत जमिन खरिद गरी निमार्ण गर्न सकिने उनले बताएका छन् । 

नगरपालिकासँग सार्वजनिक जग्गा नहुदाँ बसपार्कलाई व्यवस्थित गर्न नसकिएको महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले बताउनु भयो । गत आवमा केही रकम बजेट विनियोजन गरेको भएपनि सरकारी जग्गाको अभावले व्यवस्थित बसपार्क बनाउन नसकिएको नगर प्रमुख भट्टले भने,‘यसपाली पनि नगरपालिकाले बसपार्क व्यवस्थित बनाउनका लागि १० लाख रुपैँया विनियोजन गरेको भएपनि जग्गाको अभावले प्रतिक्षालय, गाडी पाकिङ लगायत सुव्यवस्थित बसपार्क निमार्ण गर्न सकिएको छैन् ।’