शसस्त्र प्रहरीले अबैध सामान बरामद ग¥यो 

५ बर्ष अघि

२0७६ बैशाख २१ शनिबार

शसस्त्र प्रहरीले अबैध सामान बरामद ग¥यो 

दृष्टिकोण समाचार, २१ बैशाख दार्चुला । शसस्त्र प्रहरी नेपाल ५० नम्बर गुल्म दार्चुलाबाट स.प्र.नि मनिराम पार्कीको कमाण्डमा रहेको टोलीले झण्डै ९० हजार मूल्य बराबरको अबैध समान बरामद गरिएको छ । शनिबार विहान साढे आठ बजेतिर महाकाली नगरपालिका वडा नम्बर ८ बेत इलाकामा भारतबाट महाकाली नदि तारेर ल्याउँदै गरेको ४ सय ७९ जोर विभिन्न साईजका चप्पल र १ सय ६० बण्डल घोडा विडि बरामद गरेको शसस्त्र प्रहरी नेपाल ५० नम्बर गुल्मका गुल्मपती भिम बहादुर चन्दले जानकारी दिनुुभयो । 
अबैध रुपमा भारतीय बजारबाट ल्याईएको उक्त सामान छोटी भन्सार कार्यालय दार्चुलालाई बुझाएको छ । दार्चुला जिल्ला सदरमुकामा खलंगा बाहेक जिल्लाका अन्य नाकाहरुमा भन्सार नहुँदा दैनिक रुपमा करछली गरेर यस्ता सामानहरु ओसार पसार हुने गरेका छन् ।