गाउँपालिकाले व्यवसायिक युवाहरुलाई अनुदान रकम दिने

५ बर्ष अघि

२0७६ बैशाख २0 शुक्रबार

गाउँपालिकाले व्यवसायिक युवाहरुलाई अनुदान रकम दिने

 

सुलोचना महता, बैशाख २० दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले गाउँपालिकामा रहेका व्यवसायिक युवाहरुलाई चालु आवमा अनुदान स्वरुप आर्थिक सहयोग गर्ने भएको छ । पालिकाले सञ्चालन गरेको उपाध्यक्ष युवा स्वरोजगार कार्यक्रम अन्तरगत कुनै नै कुनै व्यवसाय गरिरहेका युवाहरुलाई अनुदान रकम दिन लागेको हो ।

गाउँपालिकाले निर्माण गरेको उपाध्यक्ष युवा स्वरोजगार कार्यक्रमको निर्देशिका अनुसार १८  देखि ४० वर्ष उमेर समूहका युवाहरुलाई लक्षित गरी उद्देश्य अनुसार निवेदन आह्वान गरीएको दुहुँ गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले बताउनु भयो ।हालसम्म निर्देशिका अनुसार दुहुँ गाउँपालिकाका झण्डै डेढसय जना युवाहरुले रकम माग गरि गाउँपालिकामा निवदेन पेश गरेको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताउनु भयो । व्यवसाय गर्ने युवाहरुलाई ५० हजार देखि १ लाख रुपैँयासम्म निशर्त रुपमा किस्तामा अनुदान रकम दिन लागिएको हो । गाउँपालिकाका सबै वडाका कम्तीमा १० जना व्यवसायिक यूवाहरुलाई आगामी जेठ पहिलो हप्तादेखि रकम वितरण गरिने गाउँपालिका अध्यक्ष कार्कीले बताउनु भयो । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा ५० लाख रुपैँया विनियोजन गरेको छ ।