निःशुल्क स्वास्थ्य शिविरमा १३ सय बढीले गराए उपचार (फोटाे फिचर)

५ बर्ष अघि

२0७६ बैशाख १५ आईतवार

निःशुल्क स्वास्थ्य शिविरमा १३ सय बढीले गराए उपचार (फोटाे फिचर)

दृष्टिकोण समाचार, १५ बैशाख दार्चुला । जिल्ला अस्पताल दार्चुलामा यहि बैशाख १० गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको निःशुल्क हाडजोर्नी स्वास्थ्य शिविरमा १ हजार ३ सय ६ जनाले स्वास्थ्योपचार गराएका छन् । जसमा ६९ जनाको हातखुट्टाकाे  प्रेशन गरिएको छ भने तीन जनालाई काठमाण्डौं रेफर गरिएको छ । काठमाण‍्डाै जाने बिरामीहरुकाे खानेबस्ने व्यवस्था सबै निशुल्क हुनेछ ।  विभिन्न कारणले हातखुट्टा सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको र शिविरमा दार्चुला, बैतडी, बझाङ जिल्ला र छिमेकी राष्ट्र भारतका विरामीहरुले सेवा लिएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. गजेन्द्र दुवालले जानकारी दिनुभयो ।

यहि बैशाख १० गतेदेखि सञ्चालन भएको निःशुल्क हाडजोर्नी स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ । एनडिए नेपाल अर्थोपेडिक हस्पीटल जोरपाटी काठमाडौं, महाकाली नगरपालिका र जिल्ला अस्पताल दार्चुलाको आयोजना तथा मिड सोलुसन फाउण्डेशन स्वीजरलेण्डको प्रायोजनमा  शिविर सञ्चालन गरिएको हो । 


शिविरमा खुट्टाको पैतला फर्किएका, जन्मजात हातखुट्टा बाङ्गीएका, भाँचिएका लगायत हातखुट्टा सम्बन्धी समस्याको शिविरमा उपचार गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । शिविरमा स्वीजरल्याण्डबाट डा.क्याट्रिन हेगन तथा नेपाल अर्थोपेडिक हस्पीटलका डा. युवराज खरेल, जिल्ला अस्पताल दार्चुलाका एनेस्थेसिया असिस्टेन्ट भागेश्वर प्रसाद मिश्रकाे टिमले शिविरमा उपचार गरेको जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेब डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।

फाेटाे : डा‍. गजेन्द्र दुवाल र भागेश्वर प्रसाद मिश्र, जिल्ला अस्पताल दार्चुला ।