दार्चुलामा एक कार्यालय सहयोगी मृत फेला

५ बर्ष अघि

२0७६ बैशाख १२ बिहीबार

दार्चुलामा एक कार्यालय सहयोगी मृत फेला

रमेश खत्री, बैशाख १२ दार्चुला । दार्चुलामा एक कार्यालय सहयोगी भिरबाट लडे्र मृत अवस्थामा फेला परेको छ । मृत फेला पर्नेमा अपिहिमाल गाउँपालिका वडा नम्बर ६ राङपाङ घर बस्ने अन्दाजी ४० वर्षका महादेव माविका कार्यालय सहयोगी इन्द्र सिँह धामी हुन् ।

यही बैशाख ८ गतेका दिन किताब लिनका लागि लटिनाथ आएका धामी बेलुका घरफर्किने क्रममा केलाहालगौडा भन्ने भिरबाट खसेर मृतक अवस्था भेटिएपछि हिजो स्थानीयले खबर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख दिपेन्द्र शाहीले जानकारी दिनु भयो । विहिबार बिहान इलाका प्रहरी कार्यालय लटिनाथबाट गएको टोलीले मृतक धामीको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल ल्याइएको डीएसपी शाहीले बताउनु भयो । घट्ना बारे अनुसन्धान गरी शवलाई आफन्तको जिम्मा लगाइने उहाँले बताए ।