तिग्रम पुलक्षेत्रमा मर्मत हुने 

५ बर्ष अघि

२0७६ बैशाख ११ बुधबार

तिग्रम पुलक्षेत्रमा मर्मत हुने 


एस.डि खबर बैशाख ११ र्दाचुला । पहिरोको जोखिममा रहेको नेपाल—भारत जोड्ने व्यासँ गाउँपालिका वडा नम्बर ५ मा रहेको तिग्रम पुल क्षेत्रमा मर्मत हुने भएको छ । व्यासँ गाउँपालिका अध्यक्ष दिलिप सिँह बुढाथोकीको पहलमा नेपाल संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विकास शाखाले तिग्रम पुल क्षेत्रमा मर्मतका लागि टेन्डर आह्वान गरेको छ ।

पुलमाथिबाट पहिरो आएकाले ढुङगा खस्ने खतरा हुनका साथै पुलको छेउमा बाटो मर्मत गर्नुपर्ने अवस्था रहेको हुदाँ पुल मर्मतका गर्न चैत्र २६ गते देखि यही बैशाख २६ गते सम्म बोलपत्र आहावान गरीएको व्याँस गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनु भयो । टेन्डर आह्वान भएपछि यही चालु आवमा भित्र तत्काल पहिरोको जोखिम कम गर्नका लागि पुल मर्मत गरी सञ्चालनमा ल्याइने व्यासँ गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । २०७४ सालमा सस्पेन्सन ब्रीज डिभिजन मार्फत कञ्चनपुरको श्री माना÷मालिका जे भीले निमार्ण गरेको तिग्रम पुल हाल पहिरोको उच्च जोखिममा रहेको छ । 

२०७५ भाद्र २ गते राती अविरल वर्षाको कारणले तिग्रम पुलको नेपालतर्फ लगभग १ हजार वर्गमिटर क्षेत्रमा पहिरो गएको थियो ।तिग्रम पुलको ५१ मिटर माथिबाट पहिरो परेपछि पुलमा झण्डै २० लाख रुपँैया बराबरको क्षति भएकाे थियाे । भने पुललाई कुनै क्षेती भएकाे थिएन् । तिग्रम पुल भएर भारतीय मोटरबाटोको हुदैँ सदरमुकाम खलंगासम्म व्याँस गाउँपालिकाको हुती, धौलाकोट, सुन्सेरा र सिना लगायतका स्थानीयहरुले आवत जावत गर्दछन् । पुल मर्मत हुने भएपछि वर्षातको समयमा पहिरोले नेपाल—भारत आवतजावत नै बन्द गर्नुपर्ने समस्या टर्ने भएको स्थानीयहरु बताउँछन् ।