पहिलो चोटि गाँउमा गाडी पुग्दा भव्यस्वागत

५ बर्ष अघि

२0७६ बैशाख ११ बुधबार

पहिलो चोटि गाँउमा गाडी पुग्दा भव्यस्वागत

एस डी खबर, बैशाख ११ । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथमा पहिलो पटक गाडी पुग्दा स्थानीयहरुले भव्यस्वागत गरेका छन । लु अ।अ।पु ७१७३ नम्बरको जीप मालिकार्जुन गाँउपालिका वडा नम्बर ४ हुनैनाथ मन्दिरमा गाडि पुगेको हो ।

हुनैनाथका स्थानिय मदन सिँह धामीले बुधबार गाउँमा गाडी पुगाएर हुनैनाथ मन्दिरमा पुजाआजा गरेका छन् । गाडी चालक किसन भण्डारीले हुनैनाथ डाडाँकोट लाली सडक खण्डमा गाडी गुडाएपछि स्थानीयहरु हर्षित भएका छन् । हाल लाली सडक खण्ड निर्माण कार्य जारी रहेको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ मा सडक निमार्ण कार्य चलिरहेको सडक निर्माण समितिका अध्यक्ष मदन चन्दले जानकारी दिनुभयो ।

उक्त सडक निर्माणका लागि मालिकार्जुन गाउँपालिकाले चालु आवमा १ करोड ४७ लाख रुपैँया बजेट विनियोजन गरेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तर्कराज आझाले जानकारी दिनुभएको छ । सहरबाट गाउँ र गाउँबाट सहर बजार हिड्ने बेलामा कठिनाइ भइरहेको अवस्थामा पहिलो पटक गाउँमा गाडी पुगेकोमा स्थानीयहरु खुसी भएका छन् ।