हुनैनाथ मन्दिरमा सरसफाई गरियो 

५ बर्ष अघि

२0७६ बैशाख ९ सोमबार

हुनैनाथ मन्दिरमा सरसफाई गरियो 

दृष्टिकोण समाचार,बैशाख ९ दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नं. ५ मा रहेको हुनैनाथ मन्दिरमा सोमबार सरसफाई गरिएको छ । 
सोमबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत आज नमसिकार मन्दिर परिसरमा सरसफाई  गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक रविन्द्र बहादुर कठायतले जानकारी दिनु भयो । 
प्रहरी साँझेदारी कार्यक्रमलाई निरन्तरता दिदै समाज सुधारका काममा पनि नेपाल प्रहरीको भुमिका हुने भएकाले टोलसुधार, सरसफाई कार्यक्रम तथा समाजमा रहेका विकृतिहरु कमगर्न जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको प्रवक्ता कठायतले बताउनु भयो । 
सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख दिपेन्द्र शाहि लगायत अन्य पदाधिकारी र समाज सेवामा कामगर्ने अन्य व्यतिहरुको पनि सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।