महाकाली नदिमा वेपत्ता बालिका अझै भेटिएनन्

६ बर्ष अघि

२0७५ असार ३ आईतवार

महाकाली नदिमा वेपत्ता बालिका अझै भेटिएनन्

दार्चुला . दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर २ नज्याङ क्षेत्रमा महाकाली नदी तर्ने क्रममा एक बालिका वेपत्ता भएका छन् । यार्सा संकलन गरि घर फर्कने क्रममा दुहुँ गाउँपालिका २ का १६ वर्षीया कञ्चन लोथ्याल महाकाली नदीमा वेपत्ता भएका हुन् । अभिभावक सँगै महाकाली नदी तर्ने क्रममा ढुंगाबाट चिप्लिएर लोथ्याल वेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए ।
 यार्सा संकलन गरेर आउने क्रममा महाकाली नदीमा हाम फालेर खोला तर्दै गरेका थिए । उनका आफन्त सुरेन्द्र लोथ्यालले नदी पार गरे । तर उनले खोलामा तर्न सकेनन् । बुवा महिमन लोथ्याल त्यहाँ नपुग्दै छोरी वेपत्ता भएको परिवारले जनाएको छ ।दुई महिना अघि सो क्षेत्रमा काठे पूल लगाइएको भएपनि अहिले नदीले पूल बगाएको छ यार्सा संकलन गरेर घर फर्किदा भारतीय बाटो प्रयोग गर्ने उद्देश्यले पारी भारत जाने बेला उनी वेपत्ता भएको डिएसपी अधिकारीले बताए । वेपत्ता बालिकाको खोजी कार्य भइरहेको छ।