हिन्दु राष्ट्र कायम गर्न सरकारलाई दवाब 

५ बर्ष अघि

२0७६ बैशाख ६ शुक्रबार

हिन्दु राष्ट्र कायम गर्न सरकारलाई दवाब 

राम सिह धामी बैशाख ६  दार्चुला  । नेपाल सरकारले धर्म निरपेक्ष राष्ट्र घोणा गरेको भएपनि हिन्दु धर्म कायम गर्नका लागि आज देशभरी दबाब मुलक कार्यक्रमको आयोजा गरेका छन । धर्म निरपेक्षता खारेज गर ,हिन्दु राष्ट कायम गरे भन्दै दार्चुला जिल्लामा पनि बजारमा ञ्यालि निकालेका हुन । 
राष्टिय प्रजातन्त्र पार्टीको आगुवाईमा हिन्दु राष्ट कायमका लागी बजार परिक्रममा बोकेका व्यानर प्लेकार्डहरु जलाई पुलघाँट दार्चुलामा कोण सभाको आयोजना गरेका थिए ।
 जगतपुरी धाम गोकुलेश्वर दार्चुलाका प्रमुख सन्त श्री रामानन्द सरस्वतीले पछिल्लो समय युवाहरु विदेशीने गरेकाले विदेशी धर्महरु नेपालमा भित्रीरहेकाले हिन्दु धर्म कायम गर्न अहिलेको सरकारको आवश्यकता रहेको बताउनु भयो ।
 धर्म निरपेक्षले गर्दा देशमा अशान्ती र अराजक्ता भित्रीने भएकाले राप्रपा दार्चुलाको अगुवाईमा दवाब मुलक कार्यक्रमको आयोजना गरिएको राप्रपा दार्चुला अध्यक्ष विरसिह बडालले जानकारी दिनु भयो । हिन्दु राष्टको पक्षमा यो भन्दा पहिले चैत्र १७ गतेबाट २० गते सम्म हस्ताक्षर संकलन कार्यक्रमको आयोजना गरिको थियो भने आज देशभरी हिन्दु राष्ट कायमका लागि बजार प्ररीक्रमाका साथै  कोणसभा कार्यक्रमको आयोजना राप्रपा दार्चुलाले जनाएको छ ।