सार्वजनिक सुनवाई सहितको एकिकृत घुम्ति सेवा शिविर सञ्चालन हुने 

५ बर्ष अघि

२0७६ बैशाख ६ शुक्रबार

सार्वजनिक सुनवाई सहितको एकिकृत   घुम्ति सेवा शिविर सञ्चालन हुने 

ललित सामन्त,बैशाख ६ दार्चुला । सार्वजनिक सुनवाई सहितको एकिकृत   सेवा शिविर सञ्चालन हुने भएको छ ।
 जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजना तथा अपिहिमाल गाउँपालिकाको सहयोगमा यहि बैशाख ११ र १२ गते जिल्लाको अपि हिमाल गाउँपालिकामा सार्वजनिक सुनवाई सहितको एकिकृत   घुम्ति सेवा शिविर सञ्चालन हुने भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताउनु भयो । 
जनताको घरदैँलो सेवा पुगाउने उद्देश्यले जिल्ला प्रशासनको आयोजना तथा अपिहिमाल गाउँपालिकाको सहयोगमा उतm कार्यक्रमको आयोजना गर्ने लागेको पनि प्रजिअ विष्टले जानकारी दिनु भएको छ ।

सार्वजनिक सुनवाई सहितकोएकिकृत   घुम्ति सेवा शिविरमा वंशजका आधारमा नयाँ नेपाली नागरीकता प्रमाण पत्र,फोटो सहितको मतदाता नामावली दर्ता,स्वास्थ्य सेवा सामान्य चिकित्सा सेवाहरु प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 
यस्तै शिविरमा घरेलु तथा उद्योग दर्ता नविकरण परामर्श सेवा,यार्सा गुम्बा संकलन प्रवेश अनुमती पत्र वितरण लगायतका सेवाहरु दिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
यो भन्दा पहिला जिल्लाको मार्मा ,नौगाड गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले घुम्ति सेवा सिविर सञ्चालन गरिसकेको पनि प्रजिअ विष्टले जानकारी दिनु भएको छ ।
 बैशाख भित्रै नै जिल्लाकको व्यासँ गाउँपालिकामा पनि गर्ने निर्णय गरेको उहाँले बताउनु भयो । जिल्लाका अन्य स्थानीय तहले सहयोग र परार्मश गरेमा घुम्ति सेवा शिविर सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालय तयार रहेकोे पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।